दिनेश र देवेन्द्रलाई ब्याडमिन्टन उपाधि
पाँचथरको फिदिममा आयोजित प्रथम खड्गकुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुम आठ राईका दिनेश कन्दङवा र देवेन्द्र उप्रेतीले जित्नुभएको छ ।
भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित
केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनि राईले भिरमौरीको मह सिकार गर्न थालेको ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईलेसाथ दिइरहनुभएको छ ।
कोशी सरकार गठनको विवाद सर्वोच्चको पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।
व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास
इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।
लेटाङमा डेङ्गुका बिरामी बढे
उत्तरी मोरङको लेटाङमा डेङ्गु सङ्क्रमण दर ह्वात्तै बढेपछि यहाँस्थित नगर अस्पातलमा बिरामीको चाप बढेको छ ।
डुबेर बालकको मृत्यु
झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओझेलमा ‘सेतो सुन’
विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ ।
धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी.पी. प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बिपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बिपी प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो ।
समृद्ध त्रियुगाको मार्गचित्र तयार भइसकेको छ
उदयपुर जिल्लाको मुख्य व्यापारिक नाका तथा तराई र पहाड जोड्ने केन्द्रका रूपमा रहेको त्रियुगा नगरपालिकाभित्रै जिल्ला सदरमुकाम गाईघाट पनि पर्छ। चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ५४७.४३ वर्गकिलोमिटरमा फैलिएको छ। ‘स्वस्थ शिक्षित उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी समृद्ध त्रियुगा नगर’ भन्ने आदर्श वाक्यका साथ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएका त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतसँग नगरको विकास, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका भक्तिविलास पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।