• ८ जेठ २०८१, मङ्गलबार

मट्टीतेल र डिजेलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १८ गते । डिजेल र मट्टितेलको भाउ दुई रुपियाँको दरले घटेको छ । भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ लिटरमा दुई रुपियाँको दरले घटाएको हो । 

भारतीय आयल कर्पोरेसन (आइओसी) ले मूल्य सूची घटाएर पठाएपछि निगमले नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र डिजेलमा २ रुपियाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत् राखेको छ।