कोसीका सबै वडालाई ज्ञापनपत्र
सुनसरीको कोसी गाउँपालिकाका आठवटै वडामा मानव अधिकार समूहले माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । स्थानीय मानव अधिकार समूहले १२ बुँदे मागसहितको ज्ञापन गाउँपालिकाका सबै वडा कार्यालयमा पुगेर वडाध्यक्षलाई बुझाएको हो ।
सेनाद्वारा हेलिकप्टर हस्तान्तरण
नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । सो विश्वविद्यालयले शैक्षिक सत्र २०७८/०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साल वैशाख २५ गतेको निर्णय अनुसार उक्त हेलिकप्टर हस्तान्तरण गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।
ताप्लेजुङका स्थानीय तहमा कार्यपालिका सदस्य चयन
ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका हुन् ।
प्रमुखमा महिला नेतृत्व शून्य
उदयपुरका स्थानीय तहमा प्रमुखमा एक जना पनि महिला विजयी हुन सकेनन् । यस पटक पालिका र वडाको प्रमुखमा कोही पनि महिला पर्न नसकेका हुन् । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपरेको होइन तर कोही विजयी हुन नसकेपछि स्थानीय तहको प्रमुख पदमा सबै पुरुष मात्र रहेका छन् ।
महानगरको फोहोर सडकमा ‘डम्पिङ’
विराटनगरमा कुइनेटो, घुमाउँरो र खाली ठाउँमा फोहोरको डङ्गुर भेटिन्छ । सडकको फोहोर दैनिक उठाइन्छ तर त्यसको सोझै व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा सहरका विभिन्न ठाउँलाई सङ्कलन केन्द्रजस्तो बनाइन्छ ।
३५० केजी गाँजा बरामद
भोटराज राईउदयपुर, जेठ १८ गते । उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयो । उहाँकाअनुसार सुनसरीको बराहा नगरपालिका –२ चतराको खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएको गाँजा फेलापरेको हो । मानिस हिडेको पाईतलाको गोहोबाट शंकास्पद देखिएपछि खोजी गर्दैजाँदा पुरेको अबस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीको गस्तिटोलीले विहान ९ः०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खोतल्दा गाँजा फेला परेको जनाएको छ । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहाँ गाँजा लुकाएको हुनसक्ने सशसत्र प्रहरीको अनुमान रहेको छ । बरामद गाँजा थप अनुसन्धानको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयो ।
नगरप्रमुख तथा उपप्रमुखबाट पदभार ग्रहण
उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख वसन्तकुमार वस्नेत तथा उपप्रमुख महेश्वरी राईले बुधवार पदभार ग्रहण गर्नुभएको छ । नवनिर्बाचित नगर प्रमुख वस्नेतले उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालबाट पद तथा गोपनियताको सफथ लिएपछि नगरपालिकामा गएर पद वहाली गर्नुभएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका १० घर भई हाल धनकुटा बस्ने बर्ष २४ का पुरन राईको धनकुटामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार विहान धनकुटाबाट धरानतर्फ जाँदैगरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिकास्थित वडा ६ मा अनियन्त्रित भई दुर्घटना भएको राईको अस्पताल पुग्नेवित्तिकै मुत्यु भएको हो ।
मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाइने भएको छ । पालिकाभित्र बोलीचालीमा रहेको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।