निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
निर्वाचनमा नेपाल भारत जमुनाहा नाका तीन दिन पूर्णरुपमा बन्द हुने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटरको सीमाना तीन दिन पूर्ण रुपमा बन्द गरिने भएको छ ।
७५ जिल्लामा पुगे निर्वाचन सामग्री र मतपत्र
आगामी फागुन २१ गते देशभर एकै चरणमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।
निर्वाचनका क्रममा दाङका सबै सीमा नाका बन्द हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङका सबै सीमा नाका बन्द गरिने भएको छ।
युवा पुस्ताको भावना बुझेर कांग्रेस अघि बढ्छ : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएकाे छ ।
ताप्लेजुङको उम्मेदवारले खोले चुनावी बैँक खाता
प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैँक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् ।
लमजुङमा मुख्य दलका उम्मेदवारबिच प्रतिस्पर्धा
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा मुख्य तीन दलबिच प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमाले, कांग्रेस र अहिलको नेपाली कयुनिष्ट पार्टीबिच प्रतिस्पर्धा हुने गरेकोमा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिस्पर्धीमा थपिएको हो ।
प्रतिनिधिसभा निर्वाचन : झुलाघाट सीमा तीन दिन बन्द
प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका लागि बन्द गरिने भएको छ।
बाँके–२ का कांग्रेस उम्मेदवार कोइरालाले सङ्कल्प–पत्र सार्वजनिक
नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले आफ्नो सङ्कल्प–पत्र सार्वजनिक गर्नुभएको छ।
नवलपरासी–१ की महिला उम्मेदवार जलेसा घरदैलोमा व्यस्त
पश्चिम नवलपरासीको चुनावी मैदान यस पटक रोचक मोडमा पुगेको छ। जिल्लाका स्थापित शीर्ष राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सिन्धु ‘जलेसा’ बुढाथोकी भने सशक्त रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ।
निर्वाचनप्रति मतदाता उत्साही
निर्वाचनप्रति मतदातामा उत्साह देखिएको छ। निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ।
मतदाताको गुनासो : विगतका प्रतिबद्धता पूरा भएनन्
निर्वाचन नजिकिँदै जाँदा मतदातालाई आफ्नो पक्षमा आश्वस्त बनाउन घरदैलोमा पुगेका नयाँ र पुराना दलका उम्मेदवारसँग मतदाताले फरक किसिमका प्रश्न सोध्न थालेका छन्।
कर्णालीमा प्रतिनिधिसभा निर्वाचन तयारी
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ।
‘निर्वाचनबाट दायाँबायाँ हुने छुट छैन’
शान्तिसुरक्षा निर्वाचनको प्रमुख आधार र आवश्यकता हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्याल बिनाकुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताउनुहुन्छ । विशेष गरी निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्थामा केन्द्रित रहेर राससका समाचार महाशाखा उपप्रमुख एकराज पाठकले उहाँ
दलका घोषणापत्रमा दलित : दोहोर्याउँदै पुराना प्रतिबद्धता
प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा जातीय भेदभाव तथा छुवाछुत र दलित समुदायका लागि पुरानै प्रतिबद्धता दोहोर्याएका छन् । संविधानको धारा २४ र ४० मा भएका दलितसम्बन्धी व्यवस्था कार्यान्वयनको सवालमा पनि दलहरू खासै खुलेका छैनन् । नयाँपन र सिर्जनात्मकता पनि पाइँदैन । विगतमा जस्तै छुवाछुत न्यूनीकरण र सहभागिता सुनिश्चित जस्ता पुरानै प्रतिबद्धता छन् ।
दलित उम्मेदवारलाई चुनाव जित्न सकस
सुदूरपश्चिम प्रदेशका तीन निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मुख्य राजनीतिक दलका तीन जना दलित उम्मेदवारलाई विजय हासिल गर्न कठिनाइ देखिएको छ।
उम्मेदवार भीम श्रीसका ‘३७ वडाका ३७ प्रतिबद्धता’ सार्वजनिक
नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार भीम श्रीसले ३७ वडाका विशेषता र सम्भावनालाई समेट्दै ३७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
बाँदरझुलामा झुल्किएन उज्यालो
खरले छाएको झुप्रो घर कोल्टे ढल्केको छ । घरधनी ४९ वर्षीय बद्रीमाया प्रजाकी वयोवृद्ध बिरामी आमा त्यही घरको पिँढीमा ओछ्यान पर्नुभएको लामो समय भयो । २०७२ सालको भूकम्पले ढल्काएको त्यो घर जस्तै उहाँको मन भोट माग्न आउने नेताहरूसँग कोल्टे परेको धेरै वर्ष बितिसकेको छ । सम्भवतः यही भएर होला देशभर चर्चाको केन्द्रमा रहे पनि उहाँलाई यही २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे खासै चासो छैन ।
अशक्त, ज्येष्ठ नागरिकले सहज रुपमा मतदान गर्न पाउने
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, साना बच्चा भएका महिला लगायत अन्य समूहका व्यक्तिले लाइन नलागी सहज रुपमा मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
बाँकेमा निर्वाचन लक्षित सात बुँदे निर्णय : सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठक आयोजना गरी सात बुँदे निर्णय गरेको छ ।
तोकिएको समयमै निर्वाचन हुनुपर्छ : एमाले
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा एमाले दृढ रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अनेक बाहनामा चुनाव सार्ने भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो कुरा बताउनुभयो ।
बोलेर हैन, गरेर देखाउछौं : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उर्जा मन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने पात्र भएकाले जथाभावी आश्वासन नदिने बताउनुभएको छ ।
निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने
चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
कपिलवस्तु क्षेत्र नंं. १ मा कांग्रेसको ‘भिजन सेवन’ सार्वजनिक
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचनका लागि ‘सङ्कल्प पत्र (भिजन सेवन)’ सार्वजनिक गरेको छ ।