धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकको आयोजना गरी सातबुँदे निर्णय गरेको छ । सो बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा विशेष जोड दिँदै होली र रमजान दुवै पर्वलाई मर्यादित तरिकाले मनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।
पाल्पा–१ लाई नमुना संसदीय क्षेत्र बनाउने रानाको सङ्कल्प
पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले पाल्पा–१ लाई देशकै नमुना संसदीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ। पर्यटन प्रवर्धन तथा विकासमार्फत क्षेत्रलाई नमुना संसदीय क्षेत्र बनाउने उहाँको योजना रहेको छ।
सबै जिल्लामा पुगे निर्वाचन सामग्री
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ । निर्वाचन आयोगले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
कालापहाड गएका मानिस चुनावमा गाउँ फर्किंदै
दसैँतिहार सकिएलगत्तै रोजगारीको खोजीमा जिल्लाबाहिर गएका सर्वसाधारण अहिले धमाधम घर फर्किन थालेका छन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उनीहरू गाउँ फर्किएका हुन् ।
दलहरूका पुरानै वाचा
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बझाङका सबै राजनीतिक दल र उम्मेदवार घरदैलो, सार्वजनिक सभा र विभिन्न प्रचार माध्यममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन् । उम्मेदवारले अझै पनि पुराना चुनावी मुद्दा र वाचाको भरमा आफ्नो प्रचार रणनीति निर्माण गरेका छन् ।
चेपाङगाउँमा चुनावको सल्लाह
सिद्धिको तल सडकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र कार्यकर्ता सवारीसाधनमा चुनावी नारा घन्काउँदै मत माग्दै थिए । माथि कासवाङस्थित सुक्खा पहराको छाप्रोमा वयोवृद्ध ७७ वर्षीय जोडी वृषबहादुर र भुरीमाया चेपाङ डोको बुन्दै हुनुहुन्थ्यो ।
एकाउन्न प्रतिशत महिला मतदाता, एक जना महिला उम्मेदवार
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का रविरत्न श्रेष्ठ कृषि पेसामा संलग्न हुनुहुन्छ । काठमाडौँमै अर्गानिक तरकारी पु¥याउने अठोटका साथ उहाँले २०७६ मा वैदेशिक रोजगारीबाट फर्किएपछि कृषि कर्म थाल्नुभएको हो । उहाँले चार लाख रुपियाँभन्दा बढी लागतमा टहरा बनाएर मौसमी तरकारी लगाउनुभएको छ । लगानी थपेपछि आम्दानी केही वृद्धि भएको छ । उहाँले भन्नुभयो, “तर भने जस्तो उत्पादन छैन । लगानी र मेहनत धेरै आम्दानी सीमित भएकाले खर्च धान्न समस्यै छ ।”
गुल्मीमा निर्वाचनको अन्तिम तयारी : चुस्त सुरक्षा व्यवस्था
गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ ।
निर्वाचन प्रचारप्रसार १८ गते मध्यरातिदेखि निषेध
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ ।
७२ घण्टा अघि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बागलुङमा मतदान अधिकृतलाई तालिम र नमुना मतदान अभ्यास
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु भएको छ ।
देश सम्हाल्ने सामर्थ्य कांग्रेससँग मात्रै छ: उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ।
एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ ।
निर्वाचनको दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने
प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
सप्तरी ३ का उम्मेदवारलाई मतदाताको प्रश्न: ‘किन यति चाँडै भोट माग्न आउनुभयो ?’
नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेशकुमार यादवले परिस्थितिवश चाँडै भोट माग्न आउनु परेको भन्दै मतदातालाई स्पष्टीकरण दिइरहनुभएको छ ।
एक लाख छयासी हजार अस्थायी मतदाता कायम
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्।
निर्वाचनमा ड्रोन नउडाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ ।
झापामा चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड
राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ ।
देशलाई सम्हाल्ने दल कांग्रेस हो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गर्नुभएको छ ।
उम्मेदवार लामाको समृद्धि मार्गचित्र
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रे क्षेत्र १ को कोशीपारी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। पार्टीको केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा यतिबेला गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहनुभएको छ ।
नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात्र मतदान गरिनुपर्ने बताउनु भएको छ ।
झापा क्षेत्र नं. ४ मा चुनावी सरगर्मी: पुराना प्रतिस्पर्धी र नयाँ शक्तिबिच कडा टक्कर
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ।
झापा ५ मा बढ्यो सुरक्षा सर्तकता
फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
‘घृणा र आरोपको राजनीति दीर्घकालीन हुँदैन’
निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने बताउनुभएको छ ।