सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : उपमहासचिव भट्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।
जिम्मेवारपूर्ण पत्रकारितामा सञ्चार सचिवको जोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिनुभएको छ ।
सोलुखुम्बुमा त्रिपक्षीय प्रतिस्पर्धा : पुराना शक्तिलाई नयाँको चुनौती
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
बागलुङ-२ : गढ जोगाउने र भत्काउने दाउमा दल
बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
रसुवामा निर्वाचको तयारी पूरा, ३४८ कर्मचारी खटिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभर ३४८ कर्मचारी खटाइने भएको छ ।
नेपाली कांग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक : स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधार प्राथमिकतामा
नेपाली कांग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस अब बदलीएको बताउनुुभएको छ ।
रास्वपाका जिल्ला सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीका संस्थापक जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताउनुभएको छ ।
सुशासन र कृषि क्रान्तिको योजनासहित स्याङ्जा-२ मा रास्वपाका डुम्रेको चुनावी वाचापत्र
स्याङ्जा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रेले आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ ।
झापामा चुनावी सरगर्मी : सहिद परिवारसँग चुनावी भलाकुसारी
दस वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग नेकपाका उम्मेदवार पुरुषोत्तम चुडालले भेटघाटलाई तीव्रता दिनुभएको छ ।
आचारसंहिता उल्लङ्घनमा ८७ वटा स्पष्टीकरण
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकाेमा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध
निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ ।
नेपालगन्जका मुस्लिम महिलालाई मतदाता शिक्षा
मुस्लिम समुदायको बाक्लो जनसङ्ख्या रहेको नेपालगन्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।
१२ मतदान स्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा पारिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाका १२ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना अघि सारेको छ।
मुस्ताङका २१ मतदान केन्द्रमा अक्सिजनको सुविधा
मुस्ताङमा समुन्द्री सतहदेखि तीन हजार माथिको उचाइमा रहेका २१ मतदान केन्द्रमा यसपटक अक्सिजन सहित प्राथमिक उपचारमा सामग्रीसमेत पठाइने भएको छ ।
निर्वाचन आचारसंहिता : सञ्चार माध्यमले मत सर्वेक्षण घोषणा गर्न नहुने
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको छ ।
तनहुँका चार उम्मेदवारले अझै खोलेनन् छुट्टै बैंक खाता
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा तनहुँमा केही उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता नै नखोलेको तथ्य सार्वजनिक भएको छ ।
बाँकेमा आचारसंहिता विपरीतका तुल र ब्यानर हटाइयो
बाँके जिल्लाका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी आचारसंहिताको उल्लङ्घन गरी राखिएका तुल र ब्यानरहरू प्रहरीले हटाएको छ ।
अझै प्रश्न आउन छाडेको छैन- मतदाता सूचीमा नाम कसरी हेर्ने ?
“मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?’’ निर्वाचन आयोगको कार्यालय, कान्तिपथको मूल ढोकाबाट सुरक्षा जाँच गरेर भित्र छिरेपछि क्यान्टिनमा चिया खाइरहेका कर्मचारीलाई एक मतदाताले सोधे ।
फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने
निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
गोबरगाढामा सेना–प्रहरीको कडा सुरक्षा, मतदातामा उत्साह
चारैतिर कोशी नदीले घेरिएको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १३ स्थित पर्ने गोबरगाढा गाउँमा मतदाताहरू उत्साहित भएका छन् ।
पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मीः पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ।
‘भोट हाल्ने तरिका पनि सिक्न पाइँदो रहेछ’
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका ९० वर्षीय छिन आङमो ठकुरी घरदैलोमै मतदाता शिक्षा पाएकोमा दंग हुनुहुन्छ।
महोत्तरीमा शीर्ष नेताको चहलपहलले चुनावी माहोल तातियो
पछिल्ला दिनमा विभिन्न दलका शीर्ष नेताहरूको आगमनले महोत्तरीमा चुनावी माहोल तातेको छ। बुधबार एकै दिन जिल्लाका विभिन्न स्थानमा प्रमुख दलका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नं. १ को बर्दिवासमा रवि लामिछाने र हर्क साम्पाङ ले चुनावी सभालाई सम्बोधन गर्नुभयो।