• १३ फागुन २०८२, बुधबार

निर्वाचनमा ड्रोन नउडाउन प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय पाँचथर ।

राधा लुइटेल 

फिदिम, फागुन १३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ ।

अनुमति लिएका ड्रोन समेत यो समयमा उडाउन नपाइने जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्ति मार्फत फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सुरक्षाको दृष्टि संवेदनशीलतालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र कुनै पनि स्थानमा उडान गर्न पाइने छैन ।

प्रशासनले सम्बन्धित सबै पक्षलाई निर्णयको पालना गर्न आग्रह गरेको छ ।