राधा लुइटेल
फिदिम, फागुन १२ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उर्जा मन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने पात्र भएकाले जथाभावी आश्वासन नदिने बताउनुभएको छ । पाँचथरको फिदिममा आयोजित उज्यालो नेपाल घोषणा सभामा प्रमूख अतिथिका रुपम सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो ।
‘विद्युत, खानेपानी र पर्यटन सँगै नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने धेरै काम बाँकी छन्, हामीलाई अवसर दिनुभयो भने गरेर देखाँउछौं,जसरी मैले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा काम गरें सरकारको नेतृत्व गर्ने अवसर पाए अझ धेरै गर्नेछौं,’ उहाँले भन्नुभयो ।
विकास बोलेर हैन गरेर सम्भव हुन्छ हामी त्यो देखाउनेछौं, उहाँले थप्पनुभयो ।
मंगलबार पाँचथरको सदरमुकाम फिदिममा भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको उज्यालो युग घोषणा सभालाई सम्बोधन गर्ने क्रममा घिसिङले यस्तो बताउनुभएको हो ।
विगतमा नेपालमा लोडसेडिङका कारण जनता अन्धकारमय जीवन बिताउन बाध्य भएको स्मरण गर्दै आफू नेतृत्वमा आएपछि छोटो समयमै लोडसेडिङ मुक्त देश र विद्युत नपुगेको गाउँघर सबैमा विद्युत पुराइ सिँचाइ, कलकारखाना सबैमा सहुलियत मुल्यमा विद्युत आपूर्ति व्यवस्थापन गर्न सफल भएको र आफूलाई अत्यधिक मत दिएर विजय गराउन आग्रह गर्नुभयो ।
उज्यालो नेपाल पार्टीलाई मतदान गर्नका लागि मुख्यतः तीन आधार रहेको बताउँदै विगतमा गरेका काम, नयाँ राजनीतिक विकल्पको आवश्यकता तथा देशको समृद्धिका लागि तयार पारिएको स्पष्ट योजनालाई प्रमुख आधारका रूपमा रहेको उहाँले प्रस्तुत गर्नुभयो ।
यसैगरी नेपाल विद्युत प्राधिकरण घाटामा रहेको अवस्थाबाट नाफामा पु¥याइ विदेश मुलुक भारत र बङ्गलादेशमा समेत विद्युत निर्यात गर्न सफल भएको उल्लेख गर्दै यसले आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको उहाँको दावी थियो ।