च्याउ खेतीमा रम्दै २० वर्षीय निखिल
गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्री २० वर्षको हुनुभयो । उहाँले डेढ वर्षदेखि सोही गाउँपालिकाको वडा नम्बर–५ ग्वाघाको धुवाँखर्कमा निखिल मल्टिपर्पोज एग्रो फर्म दर्ता गरी च्याउ खेतीमा निकै व्यस्त हुनुहुन्छ ।
उदयपुरगढीको पुनर्संरचना असी प्रतिशत काम सम्पन्न
जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचनाले पुरानो आकार लिँदै गएको छ। विगत तीन वर्षदेखि पुनर्संरचना गर्न सुरु गरिएको गढीको निर्माण कार्य हालसम्म झन्डै ८० प्रतिशत पूरा भएपछि सो ऐतिहासिक स्थलले वास्तविक आकार लिन थालेको हो।
माहुरी चराउन तराईतिर
बैतडीका किसान माहुरी चराउन तराई झरेका छन् । हिउँदयाममा पहाडमा माहुरीका लागि पर्याप्त आहारा नहुँदा भोकमरी भएपछि माहुरीपालक किसान घार लिएर तराई झरेका हुन् । दशरथचन्द नगरपालिका–५, पोटा, बैतडीका सुदर्शन लेखक १२५ घार माहुरी लिएर कैलालीको फूलबारी पुग्नुभएको छ । तराईमा तोरी फुलेकाले सेरेना जातको माहुरी चराउन उहाँ पहिलो पटक बैतडीबाट तराई झर्नुभएको हो ।
निर्यातकर्तालाई दुुई हप्तामै अनुदान
स्वदेशी वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीले अबदेखि दुई हप्तामै नगद अनुदान पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७९ दोस्रो संशोधन गरी १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वदेशी वस्तु निर्यातमा ५ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार राष्ट्र बैङ्कले कार्यविधि संशोधन गरेर निर्यात गर्ने उद्योगी व्यवसायीलाई दुई हप्तामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो ।
चिटिक्कै भरतपुर विमानस्थल
भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार ल्याएको छ । विमानस्थल प्रयोग गर्ने यात्रुलाई सेवासुविधा दिनका लागि आन्तरिक व्यवस्थापनलाई व्यवस्थित पारेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । विमानस्थल प्रवेश गर्ने स्थानदेखि कार्यालयभित्रसम्मको व्यवस्थापनमा विशेष निगरानीसहित सुविधा विस्तार गरिएको कार्यालयका प्रमुख दीपक विकले जानकारी दिनुभयो ।
नीतिगत र व्यावहारिक हस्तक्षेप आवश्यक
राष्ट्रिय अर्थतन्त्रको खराब स्वरूप र बाह्य क्षेत्रको समस्याको निराकरणमा सही उपाय अपनाउन नसक्दा नेपाली अर्थतन्त्रले प्रगतिशील धार समात्न नसकेको देखिएको छ । खासगरी अर्थतन्त्रलाई लयमा ल्याउन नीतिगत र व्यावहारिक हस्तक्षेप हुन नसक्दा नेपाली अर्थतन्त्र अहिलेको असन्तुलित अवस्थामा आएको विज्ञहरूको मत छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।
११ अर्ब १६ करोडको विद्युत भारत निर्यात
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपियाँ आर्जन गरेको छ ।
गमगढी–सोरुकोट सडक दुई महिनापछि सञ्चालन, बिरामीलाई सहज
गमगढी–सोरुकोट सडक झन्डै २ महिनापछि सञ्चालनमा आएको छ । २०७९ असोजको तेस्रो सातामा परेको भीषण वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सोरु गाउँपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।
सुनकोसी तेस्रो निर्माणको बाटो खुल्यो
काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा निर्माण प्रस्ताव गरिएको सुनकोसी जलाशययुक्त विद्युत् आयोजना निर्माणको बाटो खुलेको छ । विद्युत् विकास विभागले तयार गरेको सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणका लागि बाटो खुलेको हो ।
बेलायत, कोरिया, क्यानडामा मौसमी श्रमिक जाने बाटो खुल्ला
मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभयो ।
सत्र हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले तीनवटा जिल्लाबाट १७ हजार २७९ क्विन्टल धान खरिद गरेको हो । पहिलो चरणमा २० हजार आठ सय क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान आठ हजार ६९४ क्विन्टल र मकवानपुरबाट एक हजार २१९ क्विन्टल धान खरिद गरेको छ । यस्तै धनगढीबाट मोटा धान सात हजार क्विन्टल र महेन्द्रनगरबाट ३६५ क्विन्टल खरिद गरेको कम्पनीले जनाएको छ । अन्य जिल्लामा पनि खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।
कोरोना कालमा वैदेशिक रोजगारीमा धेरै ठगी
विश्वभरि फैलिएको कोरोना महामारीका बेला आप्रवासी श्रमिकको तलब ठगी बढेको तथ्य सार्वजनिक भएको छ । कोरोना महामारीका बेलामा विभिन्न वहानामा रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकमाथि तलब तथा सुुविधा कटौती, तलब नपाएका र कामबाट जबरजस्ती निकालिएका घटना बढेको तथ्य सार्वजनिक भएको हो ।
श्रमिकको हितमा ध्यान दिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा आइतबार मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो ।
कोरियाबाट उन्नत जातका गाई र साँढे ल्याइँदै
हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार हस्तान्तरण गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो ।
तरलता सहज तर लगानी न्यून
पछिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो । राष्ट्र बैङ्कका अनुसार आइतबारसम्म निक्षेप सङ्कलन ५२ खर्ब ५४ रुपियाँ पुगेको छ । यो एक दिनमै तीन अर्ब रुपियाँले बढेको हो । सोही दिन कर्जा लगानी भने ४७ खर्ब ५९ अर्ब रुपियाँ पुगेको छ । यस आधारमा वित्तीय संस्थाको तरलता चार खर्ब ९५ अर्ब रुपियाँ देखिन्छ ।
नगरप्रमुखकै निर्देशनमा गैर कानुनी असुली
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
भैरहवा विमानस्थलमा पर्यटक आगमन न्यून
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।
पुस १५ देखि तीन दिन बुटवलमा सडक खाना महोत्सव हुने
बुटवलमा सडक खाना महोत्सव हुनेभएको छ । पुस १५, १६ र १७ गते बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुनेभएको हो ।
पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
नेपाल राष्ट्र बैङ्कले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैङ्कले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ ।
सुनचाँदीको मूल्य स्थिर
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ ।
खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्नेमा जोड
विश्व तापक्रम वृद्धिदरलाई १.५ डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यसका लागि नवीकरणीय उर्जा भरपर्दो विकल्प भएको भन्दै उनीहरुले खनिज इन्धनको प्रयोगलाई क्रमसस् घटाउँदै जलविद्युत, सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने उनीहरुको भनाई छ ।
फेरिँदै दरबाङ बजार
मालिका गाउँपालिका –६ ,स्थित दरबाङ बजार पछिल्लो केही वर्षदेखि चहलपहल बढेको छ भने जिल्लाकै एक व्यापारीक हवको रूपमा चिनिएको छ । सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको यो बजारलाई म्याग्दीको दोस्रो सदरमुकामको रूपमा समेत चिन्न थालेको छ ।