नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनु भएन ।
दाम्लो बाट्ने पेसा सङ्कटमा
दोलखा भीमेश्वर नगरपालिका वडा–२ का सुब्बा थामीको दैनिकी धानिरहेको दाम्लो बाट्ने पेसा सङकटमा परेको छ । कुनै समयको उहाँको दैनिकी नै वस्तु बाँध्न प्रयोग हुने दाम्लो बाट्नु र बिक्री गर्नु थियो ।
बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।
आर्थिक सुधारको पहल थाल्न राष्ट्र बैङ्कलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैङ्कले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारीलगायतका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले मङ्गलबार राष्ट्रबैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो ।
नयाँ ‘केयर गिभर’ खुलाउन अन्योल
इजरायलमा सहायक श्रमिकका रूपमा नेपाली सुसारे (केयर गिभर) नयाँ खुलाउने विषयमा अन्योल भएको छ । वैदेशिक रोजगार विभागले यसअघि छनोटमा परेका ७० जनाको ‘लेबर कन्ट्याक’सहितको करार सम्झौता नआएकाले नयाँ खुलाउन अन्योल भएको हो । विभागअन्तर्गतको इजरायल र जापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जानका लागि यसअघि नै छनोट भएकामध्ये केही अझै बाँकी रहेकाले नयाँ खुलाउने विषयमा अन्योल भएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि छनोटमा परेका एक हजार १७५ जनामध्ये एक हजार १९ जना गइसकेका छन् । थप ११ जनाको करार सम्झौता आएकाले जाने प्रक्रिया गरिरहेका छन् ।
पाँच स्थानीय तह बजेटविहीन
पाँचवटा स्थानीय तहले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० को बजेट नगर/गाउँ सभा गरी बजेट, नीति तथा कार्यक्रम पारित गर्न नसक्ने स्थानीय तहमा बाँकेको डुडुवा गाउँपालिका, धनुषाका कमल र नगराइन नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका तथा रौतहटको बौधिमाई नगरपालिका छन् ।
उखुको मूल्य निर्धारणमा ढिलाइ
उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारण नगर्दा किसान चिन्तामा छन् । पश्चिम नवलपरासीमा मङ्सिरको पहिलो सातादेखि नै उखु क्रसिङ सुरु भए पनि सरकारले उखुको मूल्य निर्धारणमा ढिलाइ गर्दा उखु किसान सस्तोमै उखु बेच्न बाध्य भएका हुन् ।
आन्तरिक आम्दानी बढाउन व्यवसाय दर्ता गर्न दबाब बढाउँदै विराटनगर
दर्ता नगरी सञ्चालन भइरहेका हजारौँ साना तथा मझौला व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले विराटनगर महानगरपालिकाले मंगलबारबाट व्यवसाय तथा करदाता सचेतना अभियान थालनी गरेको छ।
एसियन हाइड्रोपावरको आइपिओ खुला
एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
सुनको मूल्य प्रतितोला एक लाख
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।
२५ हजार क्विन्टल धान खरिद गरिने
सरकारले तोकेको भन्दा ८ सय रुपियाँ कम मूल्यमा धान बिक्री गर्न बाध्य भएका बाँकेका किसानलाई ढिलै भए पनि केही राहत हुने भएको छ ।
कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा
मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ ।
उत्पादनको बिक्री सहज नहुँदा किसान आन्दोलनमा
सुनसरीका किसान आफूले उत्पादन गरेको अन्न, तरकारीलगायत बिक्रीमा प्रहरी प्रशासन र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन्। जिल्ला सदरमुकाम इनरुवाको रामजानकी थोक बजारबाट बिक्री गरेको र बाहिर जिल्लामा लैजाने क्रममा प्रहरी र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका हुन्। एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा अनलाइन बिलको खोजी गर्ने प्रहरी र भन्सारले तरकारी जफत गरी दुःख दिएको भन्दै आन्दोलनमा उत्रेको बताइएको छ।
बाख्रा पालनले गुजारा चलाउने गाउँ सहिदभूमि
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ सफाइ टारका किसान सोमनाथ खड्काले खोर भरी खरी, जमुना पारी र बोयर जातका बोका बाख्रा पाल्नु भएको छ । आम्दानीको अन्य विकल्प नदेखे पछि बाख्रा पालनमा लाग्नुभएको खड्काले वार्षिक बाख्राबाट मात्रै ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।
सहकारीका समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने
गृहमन्त्री बालकृष्ण खाणले सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको समस्या पहिचान तथा सहजीकरण उपसमितिको आयोजनामा आइतबार महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क र नेफ्स्कुनका सल्लाहकारको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो । छलफलमा महासङ्घका सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउनुभयो ।
तस्करी रोक्न सहयोग माग
विराटनगर भन्सार कार्यालयले अवैध चोरी पैठारी नियन्त्रणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेको छ । विराटनगर महानगरपालिकाका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग मागेको हो । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति प्रयोग हुने गरिएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर महानगरपालिका वडा नं. १५, १६, १७ र १८ का वडाध्यक्षसँग सुझाव र राय माग्दै सहयोग खोजिएको हो ।
नेपालगञ्ज क्षेत्रको विद्युत् पूर्वाधार विस्तार गरिने
नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रको विद्युत् संरचना विस्तार गर्ने भएको छ । नेपालगञ्ज र कोहलपुर तथा आसपासका क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सो क्षेत्रमा सन् २०५० सम्म आठ सय मेगावाटसम्म लोड आपूर्ति गर्नुपर्ने आकलनसहित ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिने जनाएको हो ।
भाडा वृद्धिको विरोधमा उद्योगी
औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् । कल्याण तथा सुुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रले सोमबार पत्रकार सम्मेलन गरेर बढेको भाडा तत्काल फिर्ता गर्नुुपर्ने माग गरेको हो । समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कानुनविपरीत औद्योगिक क्षेत्रमा आठ गुणासम्म भाडा वृद्धि गर्दा उद्योगी व्यवसायी मारमा परेको बताउनुुभयो ।
नयाँ गन्तव्यमा बढ्यो आकर्षण
नयाँनयाँ श्रम गन्तव्य देशमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो पटक नेपालीले पनि संस्थागत रूपमा नै श्रम स्वीकृति लिएर माल्टा, बु्रनाई, क्रोएसिया र साइप्रसलाई श्रम गन्तव्य देश बनाउन थालेका हुुन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा माल्टामा मात्रै आठ हजार ८३३ जना नेपाली रोजगारीका लागि पुगेका छन् । सो अवधिमा माल्टा छैटौँ प्रमुख श्रम गन्तव्य बनेको छ । सोही अवधिमा क्रोएसियामा छ हजार ४७७, साइप्रसमा तीन हजार ८८१ जना, रोमानियामा साढे तीन हजार र ब्रुनाईमा दुई हजार ५८० जना नेपाली पुगेको विभागले जनाएको छ । विभागका अनुसार यो अवधिमा माल्दिभ्समा ८२६ जना, इजरायलमा ७२९, पोल्यान्डमा ४९६ जना नेपाली पुगेका छन् ।
किन्न थालियो भारतबाट बिजुली
नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद गर्न सुरु गरेको छ । करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र उच्चतम माग (पिक डिमान्ड) करिब एक हजार छ सय मेगावाट रहे पनि प्राधिकरणले व्यावसायिक लाभ हेर्दै आयात सुरु गरेको हो । यही रणनीतिअनुसार मङ्सिर २१ देखि आयात थालेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले सस्तो हुने समयमा भारतबाट आयात गरी पानी जोगाउने र महँगो पर्ने समयमा भारत निर्यात गर्ने गरी लाभ सुरक्षित गरिरहेको भट्टराईले स्पष्ट पार्नुभयो ।
नेप्से परिसूचक १६.६५ अङ्कले वृद्धि
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक चक १६.९५ अङ्कले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ ।
तीन सयले घट्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।
विद्युतीय क्षमता अभिवृद्धि गर्दै विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ ।
पाल्पामा धान उत्पादनमा वृद्धि
यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।