• १३ साउन २०८१, आइतबार

ट्रेकिङ गाइड एसोसिएसनको अध्यक्षमा वाङछु शेर्पा

blog

काठमाडौँ, माघ १९ गते । वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । 

समितिमा प्रथम उपाध्यक्ष सोनाम याङजी शेर्पा, द्वितीय आङदोर्जी शेर्पा, महासचिव आङपेम्वा शेर्पा, मिङमा डोमा शेर्पा कोषाध्यक्ष नुर्वु छिरिङ लामा, सह–कोषाध्यक्ष तिलक थापामगर रहनुभएको छ ।

यता सदस्यहरुमा ङिमा वाङ्छु, दावा जङबु शेर्पा, ङवाङ डोमा, वङ्छु शेर्पा, सवितकुमार लामा, रुजन न्यौपाने र प्रीति राई सदस्य रहनुभएको छ ।