विदेश पुग्छ टोखाको चाकु
माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट उडान सुरु
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर–७२ जहाजबाट आज (शुक्रबार)देखि नियमित उडान सुरु भएको छ ।
बागलुङमा २४ करोडभन्दा बढीको सुन्तला उत्पादन
बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।
प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सुरु
डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएको छ ।
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माण
राष्ट्रिय गौरवको आयोजनामा समावेश तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन विस्तारमा बलेफी गाउँपालिका–७ मा क्षतिपूर्ति नदिई लाइन विस्तार गरिएको छ । तार टाँग्नुअघि दायाँ–बायाँ २३–२३ फिट जग्गाको क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने जग्गा प्राप्ति ऐन २०३४ मा उल्लेख छ तर उक्त आयोजनाले १९४ जना जग्गाधनीलाई क्षतिपूर्ति वा मुआब्जा नदिई प्रसारण लाइन विस्तार गरेको पीडित कमलकृष्ण अधिकारीले बताउनुभयो । “बस्ती र घर माथिबाट लाइन विस्तार गर्दा जिउधन जोखिममा परेको छ,” उहाँले भन्नुभयो ।
सहकारीमार्फत गरिबी निवारण सम्भव
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताउनुभएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा प्रकाशित ‘सहकारी सुशासन’ नामक बुलेटिनको बिहीबार विमोचन गर्दै उहाँले कुनै पनि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने अवस्था आउन नदिन सरोकारवालालाई आग्रह गर्नुभयो ।
सप्ताहव्यापी आप्रवासी श्रमिक दिवस मनाइने
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने भएको छ । देशभर सप्ताहव्यापी रूपमा मनाइने उक्त कार्यक्रम शुक्रबारदेखि बिहीबारसम्म सञ्चालन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले बिहीबार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो ।
करिब साढे बाह्र अर्ब विदेशी विनिमय सञ्चिति
मुलुकमा कात्तिक मसान्तसम्ममा १२ खर्ब ४६ अर्ब २७ करोड रुपियाँ बराबरको मुलुकको कुल विदेशी मुद्रा सञ्चिति रहेको छ । यो गत असारको तुलनामा ११ अर्ब ६६ करोड रुपियाँ अर्थात् २ दशमलव ५ प्रतिशतले बढेको हो । असारमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ बराबर थियो ।
नागढुंगा नौबिसे सुरुङमार्ग तोकिएको समयमा सम्पन्न नहुने
नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण तोकिएकै मितिमा सम्पन्न नहुने भएको छ। निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिन ६ महिना बाँकी रहँदा आधा पनि काम नसकिएपछि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न नहुने देखिएको हो।
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भएर तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ ।
नेप्से परिसूचक १४.४८ अङ्कले गिरावट
साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मङ्गलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अङ्कले घटेर १८८२.६० बिन्दुमा झरेको हो ।
हकप्रद सेयर निष्कासन गरिने
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
जुम्ली स्याउलाई बजारीकरणको अभाव
बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो ।
समर्थन मूल्यमा धान किन्न आग्रह
सरकारले तोकेको न्यूनतम मूल्यमा धान खरिद गर्न किसानका विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादन व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् ।
नयाँ एकीकृत व्यापार रणनीति बन्दै
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २१ वटा वस्तु र पाँचवटा सेवा क्षेत्रलाई समेटेर नयाँ एकीकृत व्यापार रणनीति (एनटीआईएस) बनाइरहेको छ । यसअघि सन् २०१६ मा ल्याइएको एकीकृत व्यापार रणनीतिलाई पुनरवलोकन गर्दै नयाँ वस्तु र सेवाको पहिचान गरी रणनीतिको मस्यौदा तयार गरिएको हो । निर्यातको सम्भावना बढी भएका कृषिजन्य वस्तु, तरकारी, फलफूल, प्रशोधित सामान, मसला, सुगन्धित तेललाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । सिमेन्ट, प्रशोधित पानी, हातेकागज, दलहन, गरगहना, पास्ता, कफी रणनीतिमा समावेश गरिएको छ । यस्तै सेवा क्षेत्रमा दक्ष तथा अर्धदक्ष जनशक्ति, सूचना प्रविधिमा आधारित सेवा, पर्यटन, जलविद्युत्, निर्माण सेवालाई नयाँ प्राथमिकताका वस्तुका रूपमा रणनीतिमा राखिएको छ ।
दोलखामा तीन सय मेट्रिकटन धान उत्पादनमा कमी
दोलखामा यस वर्ष गत वर्षको तुलनामा करिब तीन सय मेट्रिकटनभन्दा बढी धान कम उत्पादन भएको छ ।
विमानस्थलनजिकै अग्लो भवन
पश्चिम चितवनको मेघौली विमानस्थलमा विमान अवतरण गर्ने स्थल नजिकै बनाउँदै गरिएको निजी विद्यालय प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोक्न निर्देशन दिइएको छ। अग्ला भवन बन्दा विमान अवतरणमा समस्या उत्पन्न हुने भन्दै नागरिक उड्डयन कार्यालय भरतपुरले काम रोक्न निर्देशन दिएको हो। भरतपुरपछि वैकल्पिक विमानस्थलका रूपमा हेरिएको मेघौली विमानस्थलमा अवतरण गर्ने मुख्य क्षेत्रनजिकै छ तले भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि वडा कार्यालयबाट स्वीकृति नलिएको भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिनुभयो।
ब्याजदर अन्तर घटाउन निर्देशन
नेपाल राष्ट्र बैङ्कले आगामी चैत महिनादेखि औसत ब्याजदर अन्तर घटाउन निर्देशन दिएको छ । एकीकृत निर्देशिका २०७८ मा संशोधन गर्दै बुधबार राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कको हकमा ४.२ प्रतिशत तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो ।
श्रमिक वर्गको जीवनयापनबारे चिन्ता
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को एसियाली क्षेत्रीय बैठकले विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोधले श्रम गरेर खाने न्यून र मध्यम वर्गलाई असर पारेप्रति चिन्ता व्यक्त गरेको छ । अघिल्लो साता सिङ्गापुरमा भएको बैठकमा ती देशबाट सहभागी सरकार, रोजगारदाता र टे«ड युनियनका प्रतिनिधि सम्मिलित बैठकले न्यून र मध्यम वर्ग जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको हो । बैठकमा रोजगारदाता देशले आप्रवासी श्रमिकमाथि शोषण दमन गरेको र खाडीका साउदी कतारमा त काफला प्रणालीका कारण श्रमिकमाथि चर्को शोषण भएको भनेर विरोध पनि भएको थियो ।
तनहुँ हाइड्रो पावरको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न
तनहुँ हाइड्रो पावर लिमिडेड अन्तर्गतको तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण कार्य सम्पन्न भएको छ।
सम्झौता अगाडि सम्पन्न भयो सीम-सातबिसे झोलुङ्गे पुल
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेर योजना अलपत्र परेका खबर सार्वजनिक भइरहेका छन्। तर, यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति अगावै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन्।
बजारमा तरलताको अभाव पुसमा झनै बढ्छ: अर्थविद्
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ ।