ल्याइए बयालीस बाच्छाबाच्छी
दक्षिण कोरियाले निःशुल्क रूपमा उपलब्ध गराएका होलिस्टिन जातका ४२ वटा गाई (बाच्छी) र साँढे (बाच्छा)को पहिलो खेप यहाँ ल्याइएको छ । दक्षिण कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाको सहयोगमा बिहीबार एसियन एयरलाइन्सको जहाजमा काठमाडौँ ल्याइपु¥याइएको हो । बिहीबार नै ती बाच्छाबाच्छी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
वित्तीय क्षेत्र माघदेखि अझ सहज हुन्छ
मङ्सिर मसान्तसम्ममा देखिएको वित्तीय क्षेत्रको तुलनात्मक सुधारले माघमा पुग्दा अझै तीव्रता पाउने बताइएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाखर भट्टका अनुसार माघदेखि ब्याजदर वृद्धि नियन्त्रण र ऋण उपलब्धता अझै सहज हुने र मुद्रास्फीति पनि कम हुनेछ । समृद्धि फाउन्डेसनले बिहीबार राजधानीमा आयोजना गरेको कार्यशाला गोष्ठीमा कार्यकारी निर्देशक डा. भट्टले विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको र यो क्रम थप गतिशील हुने बताउनुभयो । तरलताको अवस्था पनि सहज हुँदै गएको उहाँले बताउनुभयो ।
दशकमै दोब्बर भयो वैदेशिक ऋण, पछिल्लो पाँच वर्षको वृद्धि उच्च
दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।
कपिलवस्तुमा सातौं चन्द्रौटा महोत्सव सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा चन्द्रौटा महोत्सवको सातौं संस्करण सञ्चालनमा आएको छ ।
व्यापार घाटा कम गर्न कृषि र पर्यटनलाई बढाऔँ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
पोखरा सडक महोत्सव : सुस्ताएको पर्यटन फर्काउने प्रयास
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा २४औँ पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाऔं, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पाँच दिने सडक महोत्सव हुन लागेको हो ।
सुन्तला खेतीबाट जीवनस्तर फेरियो
बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशकभयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ ।
हुस्सुका कारण २५ वटा विमानस्थलमा उडान भएन
बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेको छ । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सहमति
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्तीय बैङ्कर्स सङ्घबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार बहुबैङ्किङ कर्जाका कारण समस्यामा परेका सदस्यलाई उनीहरूको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानीमा सहजीकरण गर्न कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नेलगायतका १२ बुँदे सम्झौता भएको हो ।
चिया किसानलाई सहयोग गर्दै बोर्ड
किसान र चिया उद्योगीका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको चियाको अर्गानिक प्रमाणीकरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सहयोग नीति अगाडि सारेको छ । अर्गानिक प्रमाणीकरण तथा बर्सेनि नवीकरण गर्ने चिया किसान र उद्योगलाई नवीकरणबापतको केही शुल्क सहयोग गर्न प्रक्रिया सुरु गरेको छ ।
विदेशमा अदक्ष श्रमिकको मृत्युदर उच्च
वैदेशिक रोजगारीमा गएका श्रमिकले विदेशमा श्रम बेचेर पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान २५ प्रतिशतको हाराहारीमा रहनुले वैदेशिक रोजगारको महत्त्व अझै उजागर हुन्छ तर श्रम बेचेर विप्रेषण पठाउन विदेशिएका युवामध्ये दैनिक तीनवटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
पाँच महिनामा उनन्साठी हजार क्विन्टल चामल ढुवानी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच महिनामा ५९ हजार ६११ क्विन्टल चामल ढुवानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुर्गम तथा सुगम जिल्लामा सो परिमाणमा चामल ढुवानी गरेको हो । ढुवानीबापत आठ करोड ९७ लाख छ हजार २२८ रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । दुर्गम जिल्लामा ३४ हजार ८५७ क्विन्टल र सुगम जिल्लामा २४ हजार ७६४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा दुई लाख ९९ हजार ३०१ क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको छ ।
मूल्य समायोजन नगरी उखु क्रसिङको तयारी
महोत्तरीको गौशाला नगरपालिका–१ मा रहेको एभरेस्ट चिनी मिलले उखु क्रसिङको तयारी गरेको छ । यो चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो । मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख २५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको बताउनुभयो ।
वाणिज्य बैङ्कको प्राथमिकतामा नगद लाभांश
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २५ वाणिज्य बैङ्कमध्ये १८ वटाले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । आव २०७८/७९ को मुनाफाबाट वितरण हुने यो लाभांश अधिकांश बैङ्कले यस पटक नगदमै दिने भएका छन् । लाभांश वितरणको प्रस्ताव गर्ने वाणिज्य बैङ्कमध्ये अहिलेसम्म सर्वाधिक लाभांश दिनेमा नबिल बैङ्क रहेको छ भने सबैभन्दा कम दिनेमा सेन्चुरी बैङ्क रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, सिटिजन्स बैङ्क, कुमारी बैङ्क, एनएमबी बैङ्कले त नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् ।
होटेल छन् ग्राहक छैनन्
धार्मिक पर्यटन गन्तव्यसमेत रहेको दोलखाको सदरमुकाम चरीकोट आउँदो मङ्सिर ४ गते तोकिएको सङ्घ तथा प्रदेशको चुनावी माहौलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगमन भने शून्य जस्तै भएपछि यति बेला सुनसान बनेको छ ।
उद्योग क्षेत्रका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ।
नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट
साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधबार सामान्य अङ्कले गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८९ अङ्क घटेर १८६७.२२ बिन्दुमा झरेको छ ।
तनहुँ जलविद्युत प्रसारण लाइनका लागि २८ टावर तयार
निर्माणाधीन यहाँस्थित तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २८ वटा टावर तयार भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत सो सङ्ख्यामा टावर र ४७ वटा फाउण्डेशन (जग हाल्ने) कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
लघुवित्तीय संस्था सङ्घ र सङ्घर्ष समितिबिच सम्झौता
लामो समयदेखि आन्दोलन गरिरहेका लघुवित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति र लघुवित्त बैंकर्स संघबीच १२ बुँदे समझदारी भएको छ । भरतपुरमा बुधवार पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी दिइएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला
शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
बढ्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपियाँले उकालो लागेको छ ।
नयाँ विमानस्थलमा बुद्धको पहिलो उडान हुने
आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्ध एयरले पहिलो प्रदर्शन उडान गर्ने अनुमति पाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुद्ध एयरको एटीआर ७२ जहाजले बिहीबार प्रदर्शन उडान गर्न लागेको हो । त्यससँगै नयाँ विमानस्थलमा पहिलो उडान गर्ने अवसर बुद्ध एयरले पाउनेछ । बुद्धले पोखराबाट भारतमा पहिलो अन्तर्राष्ट्रिय उडानको समेत अनुमति मागेकाले त्यसबारे भारतसँग अनुमतिको प्रक्रियामा रहेको पनि भुलले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा
बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मण्डपमै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको हो । अहिले करिब ७२ प्रतिशत काम सम्पन्न भैसकेको निर्माण आयोजनाले जनाएको छ ।
मर्स्याङ्दीको उत्पादन घट्यो
नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो