• १३ साउन २०८१, आइतबार

पर्यटकलाई भिसा सहजीकरण गरिने

blog

काठमाडौँ, माघ २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बनाइरहेको बताउनुभएको छ । 

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री किराँतीले अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिसा शुल्कदेखि हवाई भाडासम्म निकै महँगो पर्ने गरेकाले नेपाल आकर्षक गन्तव्य बन्न नसकेको र यसका लागि सहजीकरण सुरु गरेको जानकारी दिनुभयो । 

पर्यटन क्षेत्र विकास गर्न सुधार आवश्यक रहेको मन्त्री किराँतीले बताउनुभयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन पर्यटनमन्त्रीसमक्ष आग्रह गरेको थियो । चेम्बरले एक नेपाली एक पर्यटक रणनीतिक योजना बनाएर लाखौँ पर्यटक भित्र्याउन सकिने भन्दै १८ बुँदे सुझाव दिएको छ  ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्र सङ्कुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने बताउनुुपर्ने भयो ।