• ११ असार २०८१, मङ्गलबार

सुन तोलामा दुई सयले बढ्यो

blog

काठमाडौँ,  माघ २५ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु. एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख चार हजार आठ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु. एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।