• ७ मंसिर २०८१, शुक्रबार

एकद्वार प्रणालीको सेवा नहुँदा प्रविधिको विकास हुन सकेन : अध्यक्ष मल्ल

blog

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल।

काठमाडौं, माघ २४ गते। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ। 

क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपाल सूचना र प्रविधिको क्षेत्रमा धेरै अघि बढ्नुपर्ने भए पनि हालसम्म सोचेअनुसारको अघि बढ्न नसकेको बताउनुभयो। 

उहाँले आगामी दिनमा मुलुकलाई डिजिटलाइजेशनमार्फत सूचना प्रविधिको विकास गरी सूचना प्रविधिमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो। उहाँले आइटी अध्ययनरत विद्यार्थीलाई पार्ट टाइम जबका लागि सरकारले उद्योग व्यवसाय क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो। 

अध्यक्ष मल्लले सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्न आइटी कम्पनी खोल्नुपर्ने बताउनुभयो। उहाँले आइटी क्षेत्रलाई प्रवर्द्धन गर्नसके नेपालमा रोजगारी सिर्जना हुनुका साथै विदेश पलायन भइरहेका नेपाली विद्यार्थीहरूलाई नेपालमै रोक्न सकिने बताउनु भयो। 

अध्यक्ष मल्लले कुनै पनि विदेशी कम्पनी नेपालमा आउँदा कम्पनीमा ज्वाइन्ट भेन्चर्स सिस्टम लागू गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले विदेशी कम्पनीसँग नेपालका कम्पनीले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो। उहाँले देशको अर्थतन्त्रको सूचक नकारात्मक रहेकाले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो। उहाँले अहिले बैङ्कको ब्याजदर पनि घट्नसक्ने अवस्था रहेको बताउनु भयो। 

अध्यक्ष मल्लले बैङ्कले ऋण प्रवाह गर्ने दर एउटै बनाउनुपर्ने बताउनुभयो।