हुम्लावासीले मनाए देउडा दिवस
हुम्लामा देउडा दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसका अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन् । मौलिक वेशभूषामा सजिएर स्थानीयले देउडा गाउँदै दिवस मनाइएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार देउडा गीतको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक यो दिवस मनाइएको हो ।
घर घरबाट फ्याँकियो लुतो
आज साउनेसङक्रान्ति । हिन्दु परम्परालाई मान्दै आएकाले साँझमा घर घरबाट लुतो फ्याँकेका छन् । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै घरको चारै दिशामा फ्याँक्ने परम्परा रहेको सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी ९२ वर्षीय केदारनाथ चालिसे बताउनुहुन्छ ।
शिव मन्दिरमा दर्शनार्थीको भीड
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
घोडाघोडी मन्दिरको होमकुण्ड जीर्ण
पूजापाठ, विवाह, व्रतबन्ध लगायत कर्मकाण्डको आम्दानीले नै मन्दिरमा २६ जना बटुकको निःशुल्क शिक्षा आवास गरिँदै आएको बताउने गुरुकुलका प्राचार्य समेत रहेका पुजारी संज्यालले मन्दिरमा होमकुन्डको छानोहाल्न नसक्दा वर्षा र गर्मीमा धार्मिक कार्य गराउन समस्या भएको उल्लेख गर्नुभयो ।
साउनमा हरियो चुरा र मेहन्दीको धार्मिक महत्त्व
साउन अर्थात् विभिन्न रङ्ग समायोजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पहेँलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ ।
हराउँदै लुतो फाल्ने चलन
आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलीबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ ।
सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा साउनलाई ‘बत्ती बाल्ने महिना’का रूपमा मनाउने गरिन्छ । धार्मिक महिनाका रूपमा चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । कालो महिना मानिने भएकाले आजदेखि बत्ती बालेर उज्यालो पार्ने पर्वका रूपमा मनाइँदैछ ।
गलेश्वरधाममा दर्शनार्थीको भीड (फाेटाे फिचर)
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
महिनाभर मनाउने पर्व : गुँलाधर्म
नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले यो पर्व अति श्रद्धा र भक्तिका साथ मनाउँदै आएका छन् । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र कृष्ण औँसीमा समाप्त हुन्छ । एक महिनासम्म स्वयम्भू महाचैत्यलगायत अन्य धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । यस वर्षको गुँलाधर्मको आरम्भ साउन ३२ गतेबाट सुरु भएर भाद्र ३० गतेका दिन समाप्ति हुनेछ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ ।
किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै
किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
पाण्डवेश्वर मन्दिरमा पुरुषोत्तम माहात्म्य महामहोत्सव हुने
दाङको धारपानीमा पुरुषोत्तम महात्म्य एव्म श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन हुने भएको छ ।
केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।
रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने
गुल्मीको ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुङ्गामा यस वर्ष बलि पूजा नहुने भएको छ ।
ताप्लेजुङमा लाखेनाच सुरु
नेवार समुदायको जातीय संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले शनिबार भिन्तुना डाँडामा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरेर विधिवत रुपमा लाखे नाच सुरु गरिएको छ ।
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने
कैलाली–कञ्चनपुरका मूल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् ।
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय
साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर
दाङको गोबरडिहा १ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ ।
घण्टाकर्ण धपाइँदै
नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ गठामुंगः (घण्टाकर्ण) पर्व शनिबार मनाउँदै छन्। चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ। यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ।
भानुजयन्ती विशेषः भानुभक्तको घर खण्डहर
दमौली, असार २९ गते । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।”भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु. एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु. एक लाख २७ हजारको क्षति भएको थियो ।भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।भानुभक्त जन्मस्थल विकास समितिले गतवर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु. तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षक रूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद भएको बताउनुभयो ।भानु जन्मस्थललाई सप्तधाममा विकास गरिनेभानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाँै ।”भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु. तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्ची बाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ । दुई सय दशौँ भानुजयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ । रासस
जन्मस्थलमै भानुभक्तको उपेक्षा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ।
पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा
इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ ।
मौलाकालिकामा केबलकार सञ्चालनसँगै बढे पर्यटक
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा आएसँगै यहाँका मानिसको जीवनस्तरमा परिवर्तन आएको छ ।
साउने सोमबारको व्रत आजदेखि सुरु
चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।