पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
राजखलक ‘ताजपुरिया’
आदिवासी, जनजाति ताजपुरियाले झापा, मोरङ, सुनसरीका घनाजङ्गल फाँडेर मलेरियाजस्ता रोगसँग लड्दै पूर्वी नेपालको तराई क्षेत्रलाई कृषिको केन्द्र बनाएका छन्। भारतको तेजपुरबाट नेपाल भित्रिएकाले उनीहरू ‘ताजपुरिया’ भएका हुन् भन्ने कतिपयले तर्क गर्छन्। भारतको बिहार, पश्चिम बङ्गाल, आसाम, सिक्किम, मेघालयमा ताजपुरियाको बाक्लो बसोबास छ।
इजिप्टका प्रसिद्ध फारो तुतानखामुन
गौरवशाली इतिहास बोकेको इजिप्ट (मिश्र) विश्वको प्राचीन मुलुक पर्दछ। ‘नाइल नदीको उपहार’ मानिने इजिप्ट प्राचीन मानव सभ्यताको केन्द्र पनि हो। गिजा, नेक्रोपोलिस र स्फिङ्क्स जस्ता प्रतिष्ठित स्मारकका साथै मेम्फिस, थेब्स, कर्नाक र भ्याली अफ द किङ्ग्समा इजिप्टको प्राचीन इतिहास लुकेको छ। विगतमा इजिप्टले अलेक्जेन्डर द ग्रेट (सिकन्दर) देखि हाइक्सोस, लिबियन, न्युबियन, अस्सुरियन, अचेमेनिड, पर्सियन र म्यासेडोनियनहरूको आक्रमणलाई बेहोरेको छ। अलेक्ज्यान्डर
खीरको स्वाद हराउँदै
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।
आज खीर दिवस
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
ललितपुरकाे हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिताको पुनर्लेखन (फोटो फिचर)
सुजन गुरुङललितपुर, साउन १४ गते । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्मग्रन्थ) को जीर्णाेद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३-३ वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ । बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरु समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भन्ने गरिन्छ । खाना खाएपश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३० बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।
पहिलो विहार सङ्ग्रहालयः इतुंबाहाः म्युजियम
काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध तथा प्रमुख महाविहार हो । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुनेगर्छ ।
धार्मिक एकता र सद्भावको पर्व मोहर्रम आज सम्पन्न हुँदैछ
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व १० दिनसम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरिँदैछ । बाँके जिल्लामा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताको रूपमा मोहर्रम पर्व मनाइँदै छ ।
साउनको महिमा
हिन्दु धर्म–संस्कृतिमा साउन महिनामा शिवजीको पूजाआराधना गर्ने र व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउनको सोमबारलाई त विशेष दिनकै रूपमा लिने गरिएको छ । कसैले साउन महिनाभरि बोलबमका रूपमा त कसैले सोमबार मात्र व्रत बस्ने चलन चलेको पाइन्छ । त्यसो त शिवजीको प्रिय दिनका रूपमा सोमबारलाई लिइन्छ । यस दिन भगवान्लाई शुद्ध जल चढाएर विधिपूर्वक पूजा गरिन्छ । शिवजीको यस महिनाभरि पूजाअर्चना गर्दा पुण्य प्राप्त हुने तथा सौभाग्य र सुस्वास्थ्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहिआएको छ । शिवजीलाई पति प्राप्त गर्न पार्वतीले एक महिना निराहार व्रत बसेको प्रसङ्गले पनि नारीले
काँठमा छैन के !
काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने/ हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग-यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दिइन्न ।” अन्तिममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन् । यसैको बिचमा पिसिन्छन् बाँकी मतदाता । यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन् र चुनिन्छन् पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन् यहाँका मान्छे । राजनीतिमा गरिखान निक्लिएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन् तर यहाँका बासिन्दा भने आफूलाई ठिक र आफ्नै भूगोलका मानिसलाई गलत देखाएर जोगिने परिपञ्च हो यो भन्छन् ।
गलेश्वर मन्दिरको घट्यो भेटी रकम
साउन महिनाको हरेक सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा चडाउने भेटी त्यसको भोलिपल्ट गणना गरेर सार्वजनिक गर्ने गरिन्छ ।
पूर्वीय दर्शन, संस्कृति र सभ्यता विज्ञानभन्दा अगाडी : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
गोरखाको राधा बल्लभेश्वर मन्दिर (फोटो फिचर)
गोरखाको पोखरी थोकमा रहेको ऐतिहासिक राधा बल्लभेश्वर मन्दिर गोरखाकै पुरानो तीर्थस्थल मध्ये एक हो ।
मनाङमा सुरु भयो यार्तुङ मेला
मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो ।
धर्म र पर्यटनलाई जोड्दै च्यवनधाम
शुक्लागण्डकी (सेतीगण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो ।
परम्परागत ढुङ्गे घर
म्याग्दीको मङ्गला गाउँपालिका–३, स्थित रातो माटो र कमेरोले पोतिएका परम्परागत ढुङ्गे घरहरू ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन सुरु
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो ।
राना समुदायमा ‘सावनको डोला’को रौनक
कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।
गेरुका मेलामा शाही स्नान
मलमाससँगै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ खुट्टा पिपराढीको गेरुकामा मङ्गलबार शाही स्नान गरिएको छ । आइतबारदेखि सुरु भएको मलमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर जानकी मन्दिरको महन्थको अगुवाइमा विशेष पूजासहित शाही स्नान गरिएको हो ।
अधिकमास अर्थात् मलमास सुरु
साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
कालिकोटमा देउडा उत्सव
कालिकोटको मान्ममा देउडा उत्सव सुरु भएको छ । साउन १ गते देउडा दिवसका रूपमा विकास गर्न कालिकोटमा उत्सव मनाउन सुरु भएको हो ।