महोत्तरीमा झुला पर्व सुरु
मैथिली संस्कृतिको एक अभिन्न संस्कृतिको रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवानका प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई भुला पर्व भनिन्छ ।
गुरही पर्वमा स्थानीय बिदा दिन माग
थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
तेह्रौँ शताब्दीको शिव मन्दिर पुनर्निर्माण
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।
महेन्द्रनगर निङ्गलाशैनी भगवती मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गोबरियामा अवस्थित पुरानो निङ्गलाशैनी भगवतीको मन्दिर एक ऐतिहासिक महत्वको रूपमा चिनिन्छ । यस क्षेत्रको पुरानो मन्दिर मध्येमा पर्ने यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
तिजमा रमाउँदै राना थारु समुदाय
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो ।
रानाथारु समुदायमा सुरु भयो तीजको चहलपहल
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा तीज पर्वको चहलपहल सुरु भएको छ । कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदाय भदौ २ गते तीज पर्व मनाउँदैछन् ।
सुदूरपश्चिममा ‘ओल्के’ चाड मनाइँदै
पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
गुँला पर्व सुरु
नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ ।
सदाचार पालना गर्ने पर्व गुँला
मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।
भक्तपुरमा जनैपूर्णिमा भदौ १३ र गाईजात्रा १४ गते मनाइने
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ ।
साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड
सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
गण्डकी गङ्गा आरती हेर्न भक्तजनको भीड
चितवनको देवघाटस्थित धर्म दर्शन आश्रममा दैनिक साँझ हुने गरेको गण्डकी गङ्गा आरतीमा भक्तजनको घुँइचो लाग्ने गरेको छ ।
बुढानीलकण्ठको रुद्रेश्वर महादेव मन्दिर (फोटो फिचर)
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १३ भंगालमा अवस्थित प्राचीन रुद्रेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।
गौरापर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान
सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरापर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गौरा मनाउन भदौ ७ उपयुक्त
यस वर्षको गौरा पर्व, दुर्गाष्टमी व्रत भदौ ७ गते बिहीबारका दिन नै मनाउन उपयुक्त हुने अठोला पञ्चाङ्गले सुझाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशी, कानुनी सल्लाहकार सदस्य जगतप्रकाश जोशी र प्रकाशक सदस्य भीष्मप्रसाद जोशीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा श्रावण शुक्ल अष्टमीका दिन नै गौरा पूजन गर्नु उत्तम साइत रहेको उल्लेख गरिएको छ । विशेष गरी सुदूरपश्चिम क्षेत्रमा बिरुडा पञ्चमीदेखि अष्टमीसम्म मनाइने गौरा पर्वको साइतका सम्बन्धमा विभिन्न फरक फरक मत आइरहेको सन्दर्भ उल्लेख गर्दै अठोला पञ्चाङ्गले उत्तम साइतका बारेमा जानकारी गराएको हो ।
राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिँदैन : मन्त्री किराती
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताउनुभएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मधुगङ्गा महादेव मन्दिर
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-२ हत्पते लङ्गुरखोलास्थित मधुगङ्गा महादेव मन्दिर पछिल्लो समय धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई
पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ ।
संस्कार संस्कृतको
साथीहरू । बिहानको समय पढ्ने, योगा गर्ने, ध्यान गर्ने, भगवान्को नाम जप्ने हो रे त्यही भएर बिहान म मोबाइल, टिभी हेर्दिनँ । मलाई यशोदाको नन्दलाला भन्ने टिभी सिरियल एकदमै मन पर्छ, युट्युबमा दोहोराइ दोहोराइ हेरेको छु । मेरो स्कुल बिदा भएको बेलामा श्रीकृष्णले माटो खाएको, गाई चराएको ठाउँ वृन्दावनमा जाने ठुलो रहर छ । कुनै दिन मिलाएर बाबाले लैजान्छु भन्नुभएको छ । मलाई धेरै भजन पनि गाउन आउँछ, एकादशी तुलसी तिलको दान..., अच्युतम केशवम्...हे राम... जय राम..., ओम नमो भगवते वासुदेवाय..., हरहर शम्भु, नारायण नारायण..., जय सरस्वती माता... यस्ता धेरै भजन हामी साँझको सन्ध्या पूजा गरेपछि मम्मीसँगै गाउँछौँ ।
दर्शनार्थीभन्दा टिकटक बनाउनेको भीड
साउनको सोमबार देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको भिड लागेको छ । हरियो र पहेँलो पहिरनमा सजिएर महिलाहरू सबेरै शिव मन्दिर पुग्छन् । पूजाअर्चनाका लागि सोह्र शृङ्गारमा सजिएर मन्दिर पुगेका महिलाहरू फोटो खिच्न र टिकटक बनाउनमा नै मस्त । टिकटक बनाउनकै लागि सजिसजाउ भएर मन्दिर पुग्ने र विभिन्न गीतमा कम्मर मर्काउँदै टिकटक बनाउनेले मन्दिर परिसरमा अनावश्यक भिड पनि गराएको छ । यतिबेला विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पुज्ने महिना हो । सोमबार पशुपतिनाथ, गोकर्णेश्वर मन्दिर र कोटेश्वरको महादेवस्थानमा दर्शन गर्न आउनेभन्दा बढी टिकटक बनाउनेहरूकै जमात देखिन्थ्यो ।
शिव लिङ्गेश्वर धाम कटानको जोखिममा
कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ ।
साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम
साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् ।