काठमाडौंमा यस्तो देखियो थारू समुदायको माघी (फोटो फिचर)
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रूपमा धुमधामका साथ मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।
रुरुक्षेत्र धाममा रिडीमा सङ्क्रान्ति मेला सुरू
नेपालको चार धाममध्येको एक रुरुक्षेत्र धाम रिडीमा माघे सङ्क्रान्तिको मेला सुरु भएको छ । पश्चिम नेपालकै एक ऐतिहासिक प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको रुरुक्षेत्र धाम रिडीस्थित कालीगण्डकीमा स्थान गर्ने र ऋषिकेश मन्दिरमा पूजा गर्न आउने भक्तजनको मङ्गलबार बिहानैदेखि घुँइचो लागेको छ ।
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मकर सङ्क्रान्ति अर्थात माघे संक्रान्ति’ को अवसरमा दिनु भएको शुभकामना सन्देशमा यस पर्वले राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै
मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ ।
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
मौलिकताको पर्व थारू माघी
थारू समुदायको सबैभन्दा ठुलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिलासङ्क्रात, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिलासङ्क्राइत’ भन्छन् । बिच (कपिलवस्तु–चितवन) का थारूले खिचरा पर्व भन्छन् । दाङपश्चिमका थारूले माघ भन्छन् ।
थारु समुदायमा माघी पर्वको उत्सव (फोटो फिचर)
थारु समुदायले आफ्नो चाड तथा नयाँ वर्षको रूपमा माघी पर्व हर्षोल्लास सहित मनाएका छन् । कपिलवस्तु स्थित बुद्धभूमि नगरपालिका–४, बुड्ढीतालमा आयोजित नगरस्तरीय माघी (खिचडी) महोत्सवमा थारु समुदायको परम्परागत संस्कृति, भेषभूषा र नृत्य प्रस्तुत गरिएको थियो ।
किराँत समुदाय आज नयाँ वर्ष मनाउँदै
किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
थारू समुदायमा माघी पर्वको रौनक
आज माघेसङ्क्रान्ति पर्व । बालबालिकादेखि वृद्धवृद्धाले यस पर्वलाई उल्लासमय तरिकाले मनाइरहेका छन् ।
स्वस्थानी व्रतकथा सुरु
स्वस्थानी व्रतकथा सोमबारदेखि सुरु भएको छ ।
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौँ, माघ १ गते । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ ।आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताउनुभयो । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिनुभयो । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ ।आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ । आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।
राष्ट्रियसभाका अध्यक्षद्वारा माघे सङ्क्रान्तिको शुभकामना
काठमाडौँ, माघ १ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव, एकअर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा माघे सङ्क्रान्ति पर्वको महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज दाहालद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, जनजाति समुदायले आआफ्नो ऐतिहासिक मान्यता र परम्परा रहेको उल्लेख गरिएको छ । “आजका दिन मनाइने माघे सङ्क्रान्ति पर्वमा सबैलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्”, सन्देशमा भनिएको छ ।“नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेकाले विविध भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन्”, उहाँले भन्नुभयो । अध्यक्ष दाहालले थारू समुदायले माघी ‘माघे सकराँती’ भनेर मनाउने यो पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा लिने भन्दै यो पर्वलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो । उहाँले थारू र मगर समुदायले बितेको वर्षको समीक्षासहित आजका दिनदेखि आगामी वर्षको कार्ययोजना बनाउने जनाउँदै अन्य समुदायले आ–आफ्नो परम्परा, विशेषता अनुसार हर्षोल्लासपूर्वक मनाउने बताउनुभयो ।यस पर्वमा तिल, तरुल, घिउ, चाकु, सख्खरका परिकारहरू बनाएर खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँकी, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, धनुषवाण हान्ने खेललगायत क्रियाकलाप गरेर मनाउने गरिन्छ ।
किन थारूका लागि विशेष छ माघी पर्व
माघे सङ्क्रान्ति देशभर नै विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। तर, केही समुदायले माघीलाई प्रमुख चाडका रूपमा मनाउने गर्छन्। माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो ।
थारु गाउँ-बस्तीमा माघी पर्वको रौनक
थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ ।
मधेशमा तिला सङ्क्रान्तिको रौनक
मधेश प्रदेशका जिल्लाहरुमा मङ्गलबार तिला सङ्क्रान्ति मनाइने भएकोले यसको यत्रतत्र रौनक छाएको छ ।
माघेसङ्क्रान्ति : सबैभन्दा बढी भित्रिन्छ घर तरुल
हरेक वर्ष माघ १ गते मनाइने माघेसङ्क्रान्ति नेपालीको महत्त्वपूर्ण पर्वमध्ये एक हो । माघेसङ्क्रान्तिमा विशेषगरी तरुल, सकरखण्ड, पिडालु, चाकु, घिऊँ लगायत पोषिलो एवम् मिष्ठान्न परिकार खाने प्रचलन छ ।
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालीनदी मेला सुरू
मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ ।
एकमहिने माधवनारायण मेला सुरु (फोटो फिचर)
आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतकाे आठौँ शताब्दीदेखि सुरु भएकाे एकमहिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।
माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।
टोखामा मगमगायो चाकु
कठ्याङ्ग्रिने मौसममा टोखाका गल्ली र बजार भने तातो चाकुको बास्नाले मगमग छ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त छन् ।
आठौँ म्याग्दी महोत्सव सुरु
बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा महोत्सव सुरु भएको हो ।