रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।
मनाइयो सिथि नखः मध्यपुरमा खट जात्रा
वर्षायाम सुरुसँगै ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन पानीका परम्परागत स्रोतको सरसफाइ गरी बुधबार सिथि नखः पर्व मनाएको छ । नेवार समुदायले मनाउने यो पर्व वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ । यो समयमा पानीको सतह पूरै घट्ने भएकाले स्रोत सरसफाइ गर्न सजिलो हुने बताइन्छ । सिथि नखः का दिन पानीका मुहान, इनार, कुवा र घरटोल वरपर सरसफाइ गरिन्छ । भाषा तथा संस्कृतिविद् गणेशराम लाछीका अनुसार सिथि नखः पर्वसँगै वर्षा सुरु हुने र सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने गर्छ । यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।
सिथी नखःमा गरियो पानीको मुहान सरसफाइ (फोटो फिचर)
नेवा: (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नख: भिन्न तरिकाले मनाइन्छ । नेवा: जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक् रूपमा यो पर्व मनाइन्छ ।
मगर बस्तीमा भुमेको रमझम
मगर समुदायको बलपूजा अर्थात् भुमे पर्वको रमझम सुरु भएको छ । पूजाआजासहित विधिवत् रूपले जेठ मसान्तबाट भुमे पर्वको सुरुवात हुन्छ । तथापि जेठ महिना लागेसँगै यहाँका मगर समुदायले हरेक साँझ चौतारामा भुमे नाचको अभ्यास गर्ने गर्छन् । मगर समुदायको बाहुल्य रहेका गाउँका चौतारामा जम्मा भएर भुमे नाचको अभ्यासको रमझम भइरहेको छ । महिला पुरुषको छुट्टाछुट्टै समूह बनाई गोलो घेरा बनाएर भुमे नाच्ने गरिन्छ । बाहिरी घेरामा महिला समूह र भित्री घेरामा पुरुष समूह रहन्छन् । गोलो घेरा बनाएर दमाहाको बाजामा विभिन्न २२ प्रकारका नाच नाच्ने गरिन्छ । बाजा बजाउने समूह छुट्टै हुन्छन् । नाच्ने महिला पुरुष मौलिक पोसाकमा सजिएर गोलो घेरामा लहरै गरी नाच्ने रम्ने गर्छन् ।
अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैन
यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केही वर्ष अघिसम्म गाउँ-गाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो ।
धनकुटामा किराँत सांस्कृतिक उत्सव
किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ ।
निगरानीपछि बढ्यो पशुपतिको भेटी
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।
‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’
प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
टुँडिखेलमा साकेला रौनक (फोटो फिचर)
उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष जेठ १० गते उभौली परेको थियो।
‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी
इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी गरेका छन् ।
टोखा झोरको कृष्ण महादेव (फोटो फिचर)
काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव ।
थिमिमा रातो मत्स्येन्द्रनाथको महास्नान
मध्यपुर थिमिमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु भएको छ । जात्राका क्रममा शुक्रबार मत्स्येन्द्रनाथको महास्नान अर्थात् ‘न्हवं’ गरिएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा रहेको पद्मपाणि लोकेश्वरलाई दुध, दही, घिउ, मह र पानीले स्नान गराइएको छ । पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि जिस्वां बहाल भन्ने अर्को बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।
कर्णाली हुड्के नाच व्यावसायिक बन्दै
कर्णाली प्रदेशको प्रख्यात हुड्के नाच पछिल्लो समय व्यावसायिक रूपमा नाचिन थालेको छ । शुभ विवाह, व्रतबन्ध, जन्मोत्सव, जीवनका सफलता अर्थात् सरकारी सेवामा प्रवेश, राजनीति सफलताका साथै सामाजिक कार्यमा खुसीयाली मनाउन नाच्ने नचाउने हुड्के नाच अहिले व्यवसायीकरण हुन थालेको हो ।
सामाजिक सौहार्दको प्रतीक बन्दै बटसावित्री पर्व
विवाहित महिलाहरूले अटल सौभाग्य र पतिको दीर्घायुको कामनासहित जिल्लाभरबाट सावित्री पर्व मनाएका छन् । यस अवसरमा विवाहित महिलाहरूले बाट वृक्षको सामूहिक रूपमा पूजा गर्नुका साथै बरको रुखको फेदीमा काँचो धागोको फेरी बाँधी पतिको अटल सौभाग्यको कामना गर्ने गर्छन् ।
शीतल गुफा ओझेलमा
प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनिले तपस्या गरेको ऐतिहासिक स्थल शीतल गुफालाई धार्मिक पर्यटकीयरुपमा विकास गरी अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै
धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।
ग्रामथान संरक्षणमा रामधुनी नगरपालिका सक्रिय
गाउँघरमा बिभिन्न रोगब्याधि र भुतही बघहीबाट मुक्त गर्न, जडीबुटीले उपचार गर्न धामी गुुरुवाले बिभिन्न देवीदेवताको स्तुति, बोधनी, फेरानी, अरबन्ही, भाकल, पूजापाठ गर्थे । सक्षम र बिज्ञ गुरुवालाई राजाहरुले लालमोहर, स्याह मोहर दिएर त्यस ठाउँको भुतही, बघहीलाई सामना गर्न जागिर दिन्थे ।
मध्यपुरमा लोकेश्वरको खट यात्रा
उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्रा शताब्दीदेखि हुँदै आएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा लोकेश्वर राखिएको छ । यहाँका लोकेश्वरलाई पद्मपाणि लोकेश्वर भनिन्छ ।
पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
पशुपति क्षेत्रको गुरु योजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरु योजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट पारित भएको थियो ।
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
बरन्जामा धुमधाम धुलेमेला
मङ्गला गाउँपालिकाको बरम्जा क्षेत्रमा मनाइने धुलेमेलाको औपचारिक मुख्य विधि मङ्गलबारदेखि सुरु भएको छ । जेठ ८ गते आफ्नो पौराणिक विधि पूरा गरी जाँड राखेपछि धुलेमेला थालनी हुन्छ । धुलेमेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर रोकाका अनुसार धुलेको मुख्य विधि तीन दिनसम्म हुने गर्दछ । मङ्गलबार अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृलाई चढाएपछि बरन्जाको धुलेमेला मान्ने समुदाय बसोबास भएको क्षेत्रमा खेतीपातीका काम बन्द गर्ने (बार्ने) गरिन्छ । मङ्गलबार पितृ चढाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य विधि गरेर होरे गरेपछि यस वर्षको धुले
पशुपतिनाथका चारै ढोका खुला गरिने
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गर्ने निर्णय गरेको छ। धार्मिक एवं परम्परागत पक्षलाई कायम राखेर दर्शनार्थीलाई सहज रुपमा भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको हो।
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने
राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् ।