खोकनाको ऐतिहासिक १२ वर्षे मेला सुरु
खोकना (ललितपुर), असोज २८ गते । ललितपुरको खोकनामा ऐतिहासिक १२ वर्षे मेला सुरु भएको छ । यो जात्रामा रुद्रायणी मन्दिरमा रुद्रायणी देवगणहरुलाई एक महिनाका लागि विधिवत पूजाअर्चना गरी ‘द्यो कुनेगु’ अर्थात् गुप्तवास राखिन्छ । ललितपुर महानगरपालिका वडा नं. २१ र रुद्रायणी गुठीले आइतबार पत्रकार सम्मेलनगरी सो जात्राको ऐतिहासिक तथा सांस्कृतिक विविध पक्षबारेमा जानकारी दिएको छ ।वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले विगतमा केन्द्रीय सरकारको मातहतमा यो जात्रा मनाइने गरे पनि संघीयता कार्यान्वयनपछि स्थानीय सरकारको मातहतमा रहेको बताउनुभयो । उहाँले काठमाडौंको पचली भैरव, पुरानो खोकनाको देवी सिद्धकाली मन्दिरमा अवस्थित रुद्रायणी, बालकुमारी पाटनमा कौमरी, कीर्तिपुर चोभारमा रहेको जलविनायक, हलुमान, न्हसिकाप, कुसुन्तीमा कुमार, नेखुमोलमा ब्रम्हायणी देवी, नख्खुस्थित विष्णुदेवी, पशुपतिको महेश्वरी, बल्खुको इन्द्रायणी, बज्रबाराही, गुह्येश्वरी, महालक्ष्मी, आकाश भैरवलगायतका शक्तिपीठमा सो पूजा गरिने जानकारी दिनुभयो । रुद्रायणी गुठीका ईलाखा बेखानारायण महर्जनले भन्नुभयो, “मैले २०२० साल, २०३२, २०४४, २०५६, २०६८ र अहिले २०८० मा मेरो उमेरको हकमा यो जात्रा गर्दैछु ।” उहाँले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्ने तथा नाच देखाइने बताउनुभयो । जात्रा अवधिभरमा देखाइने सिकाली नाच परम्परागत भएकाले विगतमा देखाइँदै आएका स्थानमा मात्र देखाउने परम्परा छ । गुठीका नायः योगेश महर्जनले नेपाललाई विश्वसामु चिनाउने विविध जात्रापर्व र संस्कृतिकमध्ये १२ वर्षे मेला पनि एक रहेको बताउनुभयो । सांस्कृतिक पक्ष सँगसँगै यो वर्ष अभिलेखिकरणमा समेत जोड दिइएको उहाँको भनाइ छ । यसको इतिहासलाई दीगो राख्न एवम् देशव्यापी बनाउने उद्देश्यले भावी दिनमा संस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जरुरी रहेको उहाँले बताउनुभयो । रुद्रायणी देवीको १२ वर्ष मेला २०८० गाईजात्राको भोलिपल्ट अर्थात् खोकनाबासीको स्थानीय गाईजात्राको दिनबाट गुफा राखेर सुरु गर्ने परम्परागत चलन छ । मेला अवधिमा खोकना गढभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्य तथा भोज भतेर कार्य पूर्णरुपमा प्रतिबन्ध गरिन्छ । जात्राको अन्त रुद्रायणी मन्दिर अगाडिको डबलीमा हुन्छ । सोही जात्रा नै १२ वर्षे मेलाको प्रमुख जात्रा हो । यसैबीच, सो जात्राबारे गाइएको भजन पनि सार्वजनिक गरिएको थियो ।
गोरखा दरबार दसैंघरमा जमरा राखियो
गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
हनुमानढोका दसैँ घरमा राखियो जमरा
नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।
सभामुख घिमिरेद्वारा ‘विश्व हात धुने दिवस’को शुभकामना
सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
घर घरमा घटस्थापना गरिँदै
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।
ऐतिहासिक रामलिलाको तयारी पूरा
विगत डेढसय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदैआएको रामलिला यसवर्ष पनि भव्य रुपमा आयोजना गरिनेभएको छ । आइतवारबाट सुरु हुने रामलिलाको सबै तयारी पूरा भएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
पहिचानका लागि दसैँ मनाउँछन् बझाङवासी
हिन्दुहरूको महान् चाडका रूपमा रहेको बडादसैँ बझाङका स्थानीयले पहिचान संरक्षणका लागि मनाउँदैआएका छन् । जिल्लाका प्रायजसो सबै ठाउँमा मनाइने यो पर्व संस्कार र संस्कृतिको जगेर्नासँगै आपसी सदभावका रूपमा मनाउने गर्छन् ।
घटस्थापनाको तयारी : जमरा राख्न माटोदेखि मकैसम्म किनमेल
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै
नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धूमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धूमधामसँग मनाउँदै छन् ।
सुपा देउराली मन्दिर (फोटो फिचर)
अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो ।
पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
आजदेखि पितृपक्ष समापन गरिँदै
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।
पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै
जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनुभयो ।
ओझेलमा पर्दै स्थानीय सीप
पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
थारु गाउँबस्तीमा सखिया नाचको रौनक
चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।
विजयादशमीमा राखिने दुर्गाको मूर्ति तयार हुँदै
नेपालगञ्ज उपमहानगरपालिका वडा –८ महेन्द्रपार्कका छोटु केवट र उहाँका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ ।
धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा
नवलपुरको गैँडाकोट–१ मौलाकालिका मन्दिरमा धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान दिन गुरुकुल शिक्षा अध्यापन गराउन थालिएको छ । गुरुकुलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाइ जीवनदर्शन र धर्मशास्त्रको ज्ञान दिइने गरिएको छ ।
अध्ययन केन्द्र बनाउन ज्ञान महायज्ञ
नवलपुरको कावासोती नगरपालिकामा अवस्थित नवदुर्गा भवानी मन्दिरमा असोज २८ गतेदेखि श्रीमद्देवी भागवत ज्ञान महायज्ञ हुनेभएको छ । धार्मिक ग्रन्थको अध्ययन केन्द्र बनाउने मुख्य उद्देश्यसाथ ज्ञान महायज्ञ गर्न लागिएको हो ।
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित
पुरातत्त्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ ।
गुरुङलाई सिर्जनशील कला पुरस्कार
फडिन्द्र अधिकारीलेखनाथ, असोज २१ गते । युवा कलाकार ज्योति गुरुङ शनिबार पुरस्कृत हुनुभएको छ। गृहनगर पोखरामा उहाँको एकल चित्रकला प्रदर्शनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गरेको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्रले उहाँलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गर्नुभएको हो। कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा गुरुङ पहिलो महिला कलाकार हुनुहुन्छ । कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको बताउनुभयो । “मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो ।देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसक्नुभएकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्रकला प्रदर्शनिमा राखिएको छ। पानी रङ प्रयोग गरी उहाँले पोखरा र आसपासको प्रकृति र मानव जीवनलाइ क्यान्भासमा उतार्नुभएको छ ।कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
माझी समुदायको पितृश्राद्ध सकियो
रामेछापमा रहेको सीमान्तकृत माझी समुदायले एक वर्षभरि दिवङ्गत भएका पितृलाई सम्झने मौलिक कर्म श्राद्ध गर्छन् । यो समुदायले हरेक वर्ष पितृश्राद्ध तीन दिनसम्म भक्तिभावपूर्वक गर्ने गर्छन् ।
हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै
सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् ।