तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको भिड
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ । नेपाल कै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा हजारौँ भक्तजनहरूले पूजापाठ गरेको समितिले जनाएको छ ।
चार लाखले गरे पशुपतिनाथको दर्शन
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भिड
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।
गलेश्वर मन्दिरमा दर्शनार्थीको भिड
हिन्दूधर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरमा दर्शनार्थीहरुको भिड लागेको छ ।
हनुमानढोका सौन्दर्यीकरण अभियान
नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यीकरण अभियान अन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।
दर्शन गर्न भक्तजनलाई सहज
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ । ज्योतिष विशाल भण्डारीले आकार निराकार दुवै तरिकाले शिवको आराधना गर्न सकिने पुज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादसैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र यो महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व दर्शाइएको बताउनुभयो ।
शिवरात्रिका लागि सजाइएको पशुपति
शिवरात्रिका लागि सजाइएको पशुपतिनाथ मन्दिर क्षेत्र ।
हनुमानढोका सौन्दर्यकरणमा स्थानीय अपनत्व जरुरी
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यकरण अभियानअन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ ।
बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षाको तयारी
कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ ।
पशुपतिमा साधुसन्तको चहलपहल (फोटो फिचर)
भोलि (शुक्रबार) महाशिवरात्रि पर्व धुमधाम साथ मनाइँदै छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ ।
सम्यक् महादान फागुन ३० र चैत १ गते
हीरण्यवर्ण महाविहार ‘क्वाबहाः’ ललितपुरको आयोजनामा यही फागुन ३० र चैत १ गते ‘यल इतिल्हन सम्यक् महादान पर्व’ हुने भएको छ ।
यल इतिहल्न सम्यक् महादानको तयारी
दिपंकर पर्वका नामले प्रख्यात सम्यक् महादान पर्वको आयोजना हुने भएको छ । २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले फागुन ३० देखि चैत १ गतेसम्म यल इतिहल्न सम्यक् महादान पर्वको आयोजना गर्ने तयारी गरेको हो ।
सप्तरीको कृष्णाराम मरौटीस्थल ओझेलमा
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको १ स्थित चुरे पहाडमा अवस्थित कृष्णाराम मरौटी स्थल ओझेलमा परेको छ ।
महाशिवरात्रि पर्व भव्य बनाउन पशुपति क्षेत्रमा तयारी
यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।
वनारसीधाममा महाशिवरात्रिको तयारी
पाटन नगरपालिका–३, गुजरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर परिसरमा हुने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । सो मन्दिरका पुजारी ज्योतिष पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले सबै जातजातिले श्रद्धापूर्वक पूजा प्रार्थनासहित मेला भर्ने सो मन्दिरमा शिवरात्रि मेलाको तयारी पूरा भएको जानकारी दिनुभयो । माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विशाल मेलाका साथै शल्य दशमीका दिन २२ ताल सहस्र लिङ्ग विशेष गात स्नान गराउने (सुन्दरी, ताल, एकधारे ताल, देवरह ताल र सैनी ताललगायत स्थानीय २२ वटा जलाशयबाट पानी सङ्कलन गरी) मुख्य मन्दिरको शिवलिङ्गको स्नान गराउने परम्परा रहेको पुजारी पन्तले बताउनुभयो ।
जहाँ सोह्रौँ शताब्दीदेखि दलित र ब्राह्मण पुजारी छन्
बैतडी जिल्लाको पाटन नगरपालिका–३ गजुरमा रहेको प्रसिद्ध वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा दलित र ब्राह्मण पुजारीहरू सँगसँगै पूजा पाठमा संलग्न हुँदै आएका छन्।
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।
लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव
आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।
आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धनका लागि महोत्सव
आदिवासी जनजातिको भाषा, संस्कृति प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनारामा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो ।
सप्तरीमा महाशिवरात्रिको तयारी तीव्र
सप्तरीको विभिन्न ठाउँका महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी सुरु भएको छ । जिल्लाको महादेवा गाउँपालिका २ स्थित अंकुरी महादेव मन्दिरमा महाशिवरात्रि पर्वको तयारी तीव्र रूपमा भइरहेको छ ।
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।
जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान
अयोध्यामा राममन्दिर निर्माण भएपछि त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताउनुभयो ।
संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।
पुरातात्त्विक स्थलमा समयमाईको मन्दिर
कपिलवस्तु जिल्ला वडा नं. २ को लमतियामा अवस्थित छ, समयमाईको मन्दिर । यस मन्दिरमा पाँच वटा माटोको रातो थुम्का रहेका छन् ।