वन्खण्डी र प्रितम दासको प्राण प्रतिष्ठा
धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा श्री चन्द्र बाबा, बाबा वन्खण्डी र प्रितम दासको मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा गरिएको छ।
३४ वर्षपछि श्रीश्री १०८ विष्णुमहायज्ञ
मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ । श्रीश्री १०८ विष्णुमहायज्ञ आयोजक मुल समारोह समितिले आयोजना महायज्ञ आयोजना गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु (फोटो फिचर)
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजनामा कला कार्यशाला तथा प्रदर्शनी सुरु भएको हो। प्रतिष्ठानमा सुरु भएको प्रदर्शनीमा जर्मनका सात र नेपालको २६ जना कलाकारले बनाएको ४२ कला प्रदर्शनीमा राखिएको छ।
चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ
काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो ।
मगर संस्कृति संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण
मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।
ढिकीमा धान कुट्ने चलन हराउँदै
धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरुले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।
वातावरणीय जागरणका लागि अध्यक्ष ओलीको गुह्येश्वरी-धाप बाँध यात्रा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी-धाप बाँधको यात्रा गर्नुभएको छ । एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर-सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो ।
कागेश्वरी मनोहरा पर्यटन महोत्सव फागुन ७ गते हुने
कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
सामूहिक काममा थारु महिलाको अग्रसरता
चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा पाँच हजार किलोको घण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका-५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँ महाघण्टा राखिएको हो ।
हिन्दु र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार
बाँकेको खजुरा गाउँपालिका-४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ ।
मन्दिरै मन्दिरको गाउँ पिठातोला
तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् ।
हामीलाई सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।
तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।
पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।
गन्धर्व बालबालिकालाई सारङ्गी बजाउने तालिम
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
अबु धाबीमा बन्यो पहिलो हिन्दू मन्दिर
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।
सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव
२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ ।
तामाङ समुदायमा ल्होछारको रमझम (फोटो फिचर)
आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् ।
जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न ब्राह्माण्डीय महायज्ञ
सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होछार पर्वले सबै नेपालीबिच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिनुभएको छ ।
एक अर्काको संस्कृतिको सम्मान गर्नु हाम्रो विशिष्ट पहिचान : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
ल्होछारले एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कन्चनपुरको बैतडामा अवस्थित वैद्यनाथ मन्दिर
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित छ, बैधनाथ मन्दिर । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक रहेको छ ।