‘समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक’
नेपालका अनुसन्धानदाताले समाजलाई योगदान दिने खालको नयाँ अनुसन्धान आवश्यक रहेको बताएका छन् । नेपाल दार्शनिक अनुसन्धान केन्द्र (एनपीआरसी) र अनुसन्धानदाता समाजले आयोजना गरेको ‘बहुविधा अनुसन्धानमा उदयमान मुद्दा’ विषयक कार्यक्रममा अनुसन्धानले मात्र देशलाई सही दिशामा लैजाने बताएका हुन् ।
शे-फोक्सुण्डोमा बाह्रवर्षे मेला लाग्दै
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिकामा बाह्रवर्षे शे-मेला लाग्ने भएको छ । वडा नम्बर ३ मा पर्ने साल्दाङस्थित शेल गुम्बामा आगामी भदौ महिनाको १६ गतेदेखि १९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।
कंकालिनी मन्दिर
सप्तरी जिल्लाको कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह मा अवस्थित प्रख्यात कंकालिनी भगवतीको मन्दिर। यो मन्दिर काठमाडौँदेखि ३२२ किमी दूरी पूर्वमा रहेको छ। पूर्व पश्चिम राजमार्गको कोशी पश्चिमी तटबन्धसँगै स्थापित रहेको छ।
रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ ।
तेरमी पर्वमा रम्दै थकाली समुदाय (फोटो फिचर)
हिमालपारिको जिल्ला मुस्ताङको स्याउको राजधानीका रूपमा लिइने मार्फामा बसोबास गर्ने थकाली समुदायको आफ्नो मुख्य पर्व ‘तेरमी’ मुस्ताङको मार्फामा चली रहेको छ।
बिहारमा गेष्ट हाउस : विरोधमा होटल व्यवसायी
लुम्बिनीमा रहेको विभिन्न बिहार तथा मोनाष्ट्रीले नियमविपरीत गेष्ट हाउस सञ्चालनमा ल्याएको भन्दै होटल व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ ।
जनकपुरधाममा धूमधाम होली मनाइयो
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार होली पर्व मनाइएको छ। मथिला समाजमा खानपानसँगै संस्कृति पनि जोडिएको हुनाले परम्परा अनुसार जनकपुरधामवासीले होली मनाएका हुन्।
बागेश्वरी मन्दिरमा तामाको छाना
नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउने काम भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
रानाथारू समुदायमा होलीको उल्लास
परम्परागत थारु पहिरनमा सजिएका बालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरू छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् ।
बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा
ललितपुरको रातो मत्स्येन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राख्न तीव्र रूपमा काम भइरहेको छ । २०८१ सालको रथजात्राका लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम सुरु भएको थियो । रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार वाराहीका अनुसार अब आउने मत्स्येन्द्रनाथको रथजात्राका लागि नयाँ पाङ्ग्रा राख्नुपर्ने भएकाले तीव्र रूपमा काम भइरहेको बताउनुभयो । ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ ।
जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा
मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ ।
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।
होरीमय बन्दै रानाथारू बस्ती
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा बसोबास रहेको अल्पसङ्ख्यक रानाथारू समुदायमा ‘मरी होरी’ सुरु भएको छ । एक महिनासम्म ‘जिन्दा होरी’ मनाएको यो समुदायले होलिका दहनपछि सोमबारबाट मरी होरी मनाउन थालेको हो । मरी होरी आठ दिनसम्म मनाइने जनाइएको छ । एक महिना आठ दिनसम्म होरी पर्व मनाउने रानाथारूको होरी गत फागुन पूर्णिमाबाट सुरु भएको थियो । आफ्नो समुदायले जिन्दा र मरी गरेर दुई प्रकारले होरी पर्व मनाउने गरेको नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाले बताउनुभयो ।
भानुचोकमा होलीको रौनक
रङ्गहरूको पर्व होली हिमाली, पहाडी, तराई सबै जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । धरानमा आइतबार र सोमबार दुई दिन होली धूमधाम मनाइँदै छ ।
मर्यादित वातावरणमा मनाइँदै होली
विराटनगरमा उल्लासमय वातावरणमा होली मनाइँदै छ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
सभ्य बन्दै होली
बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो ।
गुरुङ समुदायले मनाए मेँ त्हँले
गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा मेँ त्हँले (धनुष वाण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।
आयोजनास्थलमा होलीको रौनक
सहर तथा बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेग र आयोजना स्थलसम्म होली पर्वको रौनक छाएको छ । रङ्गहरूको पर्वका रूपमा मनाइने होली आपसी भातत्वलाई थप घनिष्ठ बनाउन गाउँबस्ती तथा आयोजनास्थलमा मनाउन थालिएको हो ।
परम्परागत रुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय
होलीको रङ लगाउनुअघि उहाँले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा (देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिनुभयो ।
तराईमा उल्लासपूर्वक होली मनाइँदै
कैलालीसहित तराईमा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । एक–अर्कालाई रङ, अबिर दलेर रङ्गहरुको पर्व उल्लासपूर्वक मनाउन लागिएको हो ।
रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र
ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुननिर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।
सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)
सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ ।
आज मधेशमा होली मनाइँदै
सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।