तस्बिरमा सम्यक महादान
ललितपुरमा हरेक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ।
स्थानीयको चन्दाबाट मन्दिरमा तामाको छानो
हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ ।
एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन
ताप्लेजुङको पाथीभरामा फागुनमा रु. ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।
पाथीभरामा रु ५५ लाख सङ्कलन
पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा रमजान रोजा पर्वको शुभकामना
आज [मङ्गलवार]देखि सुरु भएको रमजान रोजा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ । इस्लाम धर्मावलम्वीहरुमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।
परिक्रमा क्षेत्रमा मासु मदिरामा रोक
महोत्तरी प्रशासनले मिथिलाञ्चलको महापर्व परिक्रमा यात्रा आसपासका क्षेत्रमा मासु मदिरामा रोक लगाएको छ । यस अवधिभर पशु वधमा पनि निषेध गरिएको छ ।
रमजान भोलिदेखि सुरु
इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।
निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ
पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।
शेर्पा समुदायका संस्थाद्वारा सरकारको ध्यानाकर्षण
ताप्लेजुङमा शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएकोभन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मिथिला माध्यमिक परिक्रमा सुरु
१८ औँ शताब्दीदेखि चल्दै आएको ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सुरु भएको छ । यो परिक्रमा १५ दिनसम्म चल्ने गर्दछ । १५ दिने ऐतिहासिक धार्मिक परिक्रमामा नेपाल र भारतका हजारौँ भक्तजनहरू सहभागी हुने गर्दछन् ।
हस्तकलाबाट थारु महिलालाई राम्रो आम्दानी
दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री निर्माण गरेर राम्रो आयआर्जन गर्दैआएका छन् । घरको कामबाट समय निकालेर महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।
पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नागेश्वर मन्दिर आझेलमा परेको छ । पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराँै रोपनी जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो ।
लोप हुँदै चर्खा
कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन ।
आदिवासी अपाङ्गता महिलाको सम्मेलन सुरु
आदिवासी जनजाति अपाङ्गता महिलाको तीन दिने सम्मेलन शनिबारदेखि सुरु भएको छ।
मगर समुदायको सामुदायिक होमस्टे सञ्चालन
गोरखाको सहिदलखन गाउँपालिका–२ ढाँडबारीमा रहेका मगरसमुदायले मनकामना मगर सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् ।
पानी नसुक्ने चट्टानमाथि बराह जलकुण्ड
कहीँ कतैबाट पानीको स्रोत देखिँदैन तर बाह्रै महिना पानी सुक्दैन गलेश्वरस्थित बराह जलकुण्डमा । हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा रहेको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिर परिसरमा रहेको बराह जलकुण्डमा कहिल्यै पानी सुक्दैन ।
नागस्तम्भ निर्माणसँगै काभ्रेको बस्नेत गाउँ धार्मिक पर्यटनस्थल बन्दै
जिल्लाको बनेपा नगरपालिका-५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् ।
दान सङ्कलन गरेर बिन्दाबासिनी मन्दिर निमार्ण
सुनकोसी गाउँपालिका–७ पाङगे्रटारस्थित वसन्तपुरमा सहयोग जुटाएर बिन्दाबासिनी मन्दिर निमार्ण भएको छ । उक्त मन्दिर ३२ लाख बढी लागतमा निमार्ण सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
तौलिहवाको ताम्रेश्वर महादेव मन्दिर (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात् ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ।
प्रवासी संस्कृति र अब्बलहरू
हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् ।मानिस बुढो हुन चाहँदैन । सक्ने भए ऊ सधैँ जवान रहने थियो । ७५ कटेको व्यक्तिलाई पनि बुढो भनिदिनुस् निधारमा गाँठा पार्न थाल्छ । मानिस युवा देखिन किसिम किसिमका उपाय अवलम्बन गर्छ । सेतै फुलेको कपाल मेहदी लगाएर कालो पार्नु । खुइलेको टाउकोमा कपाल ट्रान्सप्लान्ट गर्नु । फेसियल गर्नु । शृङ्गारका प्रसाधन प्रयोग गर्नु । अनुहारको प्लास्टिक सर्जरी गर्नु । ब्युटीपार्लर धाउनु आदि इत्यादि । युवा उमेर जीवनको सबैभन्दा उर्वर समय हो । युवा उमेर जोस जाँगरले भरिएको हुन्छ । युवा युगको आवाज हो । परिवर्तनको संवाहक हो । युवामा समयको धारालाई अलग दिशामा मोड्ने असीम तागत हुन्छ । दुनियाँमा हुने क्रान्ति, आन्दोलन र विद्रोहहरू युवाको सक्रिय सहभागिताबिना सफल हुँदैनन् । युवा को हो, को होइन ? अर्थात् युवा कसलाई भन्ने त ? यसबारे जैन सन्न्यासी ललितप्रभजी ठट्टा गर्दै भन्छन्, ‘‘जिसकी मोबाइल मेँ हसिनोँ का नम्बर होता है वो युवा है । और जिसकी मोबाइल मेँ हकिमोँका नम्बर होता है वो बुढा है !” परन्तु युवा को हो र को होइन भन्ने विषयमा संयुक्त राष्ट्रसङ्घ र केही देशले केही मान्यता बनाएका छन् ।जर्मन सरकारले १५ देखि १८ वर्षसम्मकालाई किशोर र १८ देखि २१ सम्मका लागि युवा भनेको छ । उता दक्षिण अफ्रिकाले १५ देखि ३४ वर्षभित्रका जवानलाई युवा भनेको छ । नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहका मानिसलाई युवामा गणना गरेको छ । छिमेकी देश भारतले १५ देखि २९ वर्षका जनसमुदायलाई युवामा गणना गरेको छ । उता संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा मानेको छ । यसमा दुई मत छैन कि उमेर युवा र वृद्धलाई विभाजित गर्ने लक्ष्मण रेखा हो । किन्तु उमेर मात्रै सबै कुरा हो भनेर भनिहाल्न चाहिँ सकिँदैन ! यसमा व्यक्तिको स्वास्थ्य र वैचारिक पक्षलाई समेत यथोचित महŒवका साथ हेरिनु पर्छ । अर्थात् कुनै व्यक्ति जड चिन्तनले ग्रस्त छ । वैज्ञानिक मूल्य मान्यतालाई आत्मसात् गर्न हिचकिचाउँछ । अन्धविश्वास, कुरीति, कुसंस्कार, अपसंस्कृतिले गाँजिएको छ । मानसिक र शारीरिक व्याधिले ग्रस्त छ भने उक्त व्यक्तिलाई २५ कै भए पनि युवा भन्दा मन रमाउँदैन । त्यसविपरीत कोही अन्धविश्वास, कुरीति, कुसंस्कार, कुसंस्कृति, सामाजिक विभेदविरोधी छ । मानव समाजको अग्रगामी रूपान्तरणका निम्ति दत्तचित्त रहन्छ । स्वास्थ्यका दृष्टिले तन्दुरुस्त छ भने ऊ असी वर्षको भए पनि युवा कहलाउन लायक व्यक्ति हो ! किन्तु यसमा ध्यान दिनुपर्ने कुरा के हो भने संसारमा सार्वभौम भन्ने कुनै पनि कुरा छैन । हरेक कुरा देशकाल, परिस्थितिसापेक्ष हुने गर्दछन् । भनाइको तात्पर्य प्रत्येक समाज आआफ्नै मूल्य मान्यताको जगमा अडेका हुन्छन् । कुनै एक देश वा समाजले नैतिक ठहर्याएका विषय अर्को देश वा समाजमा अनैतिक मानिन सक्छन् । जस्तो कि पाश्चात्य जगत्का निम्ति डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड संस्कृति सामान्य जस्ता लाग्छन् । जब कि पूर्वीय समाजमा त्यस्ता संस्कृति अशोभनीय मानिने गर्छन् । पूर्वीय समाजको ठुलो हिस्साले आफूलाई त्यस्तो संस्कृतिको विपक्षमा उभ्याउने गर्छ । किन्तु उल्लिखित संस्कृति विश्वभर दिन दुगुणा, रात चौगुणा फैलिँदै गएको आभास भइरहेको छ । त्यसबाट नेपालसमेत अछुतो रहेको छैन । दृश्य यस्तोसम्म देखिन थालेको छ कि जो बेबिसावर, भ्यालेन्टाइन डे, डेटिङ, ब्रेकअप, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड आदि संस्कृतिलाई सभ्यताको मानक ठान्छ । जो देशमा रोजगारीको अभाव देखाउँदै विदेश उड्न तँछाडमछाड गर्छ । जो पाश्चात्य मुलुकको नागरिक बन्न पाउनुलाई जीवनको महान् सफलता ठान्छ, ऊ नै ‘आधुनिक युवा’ हो भनेर बुझिदिनुपर्ने भएको छ । परन्तु नेपाली युवाका सीमित अँध्यारा पक्ष हुँदाहुँदै असङ्ख्य उत्साहजनक पाटा अनावरण हुँदै गएका छन् । एक वर्षमा पाँचदेखि सात ठाउँमा लोक सेवा आयोगको परीक्षामा नाम निकाल्ने । कृषि उद्यममार्फत स्वदेशमै लाखौँ रुपियाँ आर्जन गर्ने, अनि लाखौँको वैदेशिक कमाइ त्यागेर नेपालमा व्यवसाय गर्ने युवा त्यसका उदाहरण हुन् । गुल्मी जिल्लामा जन्मिएकी २३ वर्षीय विष्णु घर्तीको नाम यस सन्दर्भमा उल्लेखनीय हुन आउँछ । विष्णुले एकै वर्षमा लोक सेवा आयोगले लिएको विभिन्न पदको पाँच परीक्षामा नाम निकालेर देखाइन् । यसको अर्को उदाहरण हुन् रोल्पाकी २१ वर्षीय खुसी बुढामगर । उनले त झन् एक वर्षमा आयोगले लिएको सात वटा परीक्षा उत्तीर्ण गरी आफूलाई प्रतिभावान् युवाको पङ्क्तिमा उभ्याइन् । तनहुँको चुँदी रम्घामा जन्मिएका २६ वर्षीय अर्बिन रानाभाट गौरवका साथ लिनुपर्ने तेस्रो नाम हो । अर्बिनका धेरै साथी यतिखेर युरोप–अमेरिकामा छन् । उनीचाहिँ प्रयास नै नगरी ‘नेपालमा केही छैन’ भन्दै विदेश हान्निन तयार भएनन् । अर्बिन लोक सेवा आयोगद्वारा लिइने शाखा अधिकृत पदको परीक्षामा प्रतिस्पर्धी बन्न चाहे । सिट थियो १८ । प्रतिस्पर्धी थिए १६ हजार ! आखिर सबैलाई चाहिने एउटै सिट हो । अर्बिन रानाभाटले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर देखाए । उत्तीर्ण मात्र होइन, बाँकी सबै प्रतिस्पर्धीलाई टप गरे । अर्थात् आफूलाई नम्बर एकको स्थानमा उभ्याएर देखाए । त्यति मात्र होइन, अर्बिनले प्रदेश लोक सेवा आयोगले लिएको अन्य चार परीक्षामा समेत सफलता हात पारे । दुबईको रेस्टुराँमा आठ वर्ष काम गरेर नेपाल फर्केका सुजन सफलताको अर्को पात्र हुन् । उनले केही वर्षदेखि काठमाडौँको रामकोटमा ३० रोपनी जमिन भाडामा लिई कृषि व्यवसाय गरिरहेका छन् । “दुबईमा पैसा थियो तर लाइफ थिएन । विदेशीको गुलाम बन्नुपर्दथ्यो । त्यहाँ मालिकको इसारामा काम गर्नुपर्दथ्यो । यहाँ म आफैँ मालिक छु,” सुजन सगौरव सुनाउँछन् । सात वर्ष दुबई बसेर नेपाल फर्केका सागर श्रेष्ठ सम्झनलायक अर्का युवा हुन् । दुबईको युपिएस कुरियर कम्पनीमा काम गर्दा महिनाको सात÷आठ हजार दिराम (करिब दुई लाख ५० हजारदेखि तीन लाख नेपाली रुपियाँ) पारिश्रमिक बुझेका सागरले त्यो छाडेर नेपालमा कृषि व्यवसाय सुरु गरे । यतिबेला उनी दिनमै ५० हजारदेखि लाख रुपियाँसम्मको तरकारी बिक्री गर्छन् । ललितपुर जिल्लाको लुभुमा अवस्थित किराँत कृषि फार्मकी सञ्चालिका सुधा राईको चर्चाबिना यो लेख अधुरो रहन सक्छ । सुधा राईका ससुरा ब्रिटिस लाहुरे हुन् । सुधाको परिवारका प्रायः सबै सदस्य बेलायत बस्छन् । कोरोनाकालमा दोस्रो पटक भएको लकडाउनअघि नेपाल आएपछि बेलायत फर्किनन् उनी । सुधाले स्वदेशमै कृषि उद्यम सुरु गरिन् । सुधा वार्षिक ४५–५० लाख लगानीबाट ८५ लाख नगद आर्जन गरेको बताउँछिन् ।विष्णु घर्ती, अर्बिन रानाभाट, सुधा राई, सागर श्रेष्ठहरू तीन करोड नेपालीका प्रेरणाका स्रोत हुन् । आशा गरौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पङ्क्तिबद्ध हुँदै विदेश उड्न लालायित प्रत्येक युवाले अर्बिन रानाभाट, सुधा राईहरूको परिश्रम र मेहनतको कथा पढ्ने छन् । हाम्रा जति पनि युवा प्रवास जान्छन्, धेरैजसो उतै हराउँछन् । प्रवासी बन्नु भविष्यमा प्राप्त हुने राष्ट्रिय अवसरबाट वञ्चित हुनु हो । मानिस महत्त्वाकाङ्क्षी प्राणी हो । ऊ शासित होइन, शासक बन्न चाहन्छ । शासक बन्ने सौभाग्य तिनैले पाउँछन् जो सयकडौँ प्रतिकूलतासँग जुध्दै मातृभूमिमा बस्छन् । प्रतिकूल परिस्थितिसँग सङ्घर्ष गर्दै मातृभूमिको धुलोमैलोसँग खेल्नेहरूले नै भोलिको नेपाल हाँक्ने सौभाग्य पाउँछन् । भोलि कसले जानेको छ र ? हुन सक्छ, कुनै दिन धुलोमैलोका तिनै खेलाडी मुलुकको प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपतिको सम्मानित आसनमा पुग्ने छन् । सचिव, मुख्यसचिवको कुर्सीबाट समग्र नेपाललाई दिशानिर्देश गर्ने छन् ।
किशोरीले बजाए दमाहा
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका छन् । महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी भन्ने नारासाथ आज मनाइएको ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा कालीकोटमा किशोरीले दमाहा बजाएका हुन् ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला (फोटो फिचर)
१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आयोजना गरिएको छ। नेपाली लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट नेपाल कल्चर ग्रुपले शुक्रबार काठमाडौँको वसन्तपुर झोछेमा मेलाको आयोजना गरेको हो।
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ।