तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।
पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।
गन्धर्व बालबालिकालाई सारङ्गी बजाउने तालिम
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गर्नुुभएको थियो ।
अबु धाबीमा बन्यो पहिलो हिन्दू मन्दिर
संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा पहिलो हिन्दू मन्दिर निर्माण भएको छ ।
सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव
२८६० सोनाम ल्होछारको अवसरमा सात दिने बृहत सांस्कृतिक महोत्सव धरानमा सुरु भएको छ ।
तामाङ समुदायमा ल्होछारको रमझम (फोटो फिचर)
आज माघ शुक्ल प्रतिपदा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् ।
जल सम्पदाको संरक्षण र नैतिक समाजको पुनर्जागरण गर्न ब्राह्माण्डीय महायज्ञ
सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होछार पर्वले सबै नेपालीबिच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिनुभएको छ ।
एक अर्काको संस्कृतिको सम्मान गर्नु हाम्रो विशिष्ट पहिचान : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।
ल्होछारले एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कन्चनपुरको बैतडामा अवस्थित वैद्यनाथ मन्दिर
कन्चनपुर जिल्लाको बेतकोट नगरपालिका वडा नं. ४ को बैतडामा अवस्थित छ, बैधनाथ मन्दिर । यो मन्दिर त्यस क्षेत्रको प्रख्यात घटालबाबाको मन्दिर नजिक रहेको छ ।
महिलाको हातमा नौमती बाजा
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरेको छ । झापामा पछिल्लो पटक कनकाई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिम सुरु गरेको हो । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने दक्ष व्यक्तिसमेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवद्वारा ल्होसारको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताउनुभएको छ ।
आज सोनाम ल्होसार मनाइदैँ
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
पाँच पुस्तादेखि सगोलमा
जाजरकोटको बारेकोट गाउँपालिका –१ साविकको रामीडाडाँ गाउँविकास समिति वडा २ को बोहोरा परिवार पाँच पुस्तादेखि सगोलमा बस्दै आएको भेटिएको छ ।
ल्होसारको अवसरमा तीन दिन बिदा
सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।
सोनाम ल्होसार सुरु
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ । हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउँछन् ।
विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
महिलालाई नौमती बाजा बजाउने तालिम
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।
ऐतिहासिक भेड्पु पोखरी संरक्षणको पर्खाइमा
दोलखाको मेलुङ गाउँपालिकाले वडा नम्बर ४ भेड्पुमा रहेको प्राचीन तथा ऐतिहासिक भेड्पु पोखरीको संरक्षणको पर्खाइमा रहेको छ ।
ऐतिहासिक र पर्यटकीय गन्तव्य बन्दै त्रिवेणीधाम
पूर्वी नवलपरासीको त्रिवेणीधाम धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल हो । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका रूपमा नामकरण गरिएको हो ।
धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।