• १३ साउन २०८१, आइतबार

एक अर्काको संस्कृतिको सम्मान गर्नु हाम्रो विशिष्ट पहिचान : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं, माघ २७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  सोनाम ल्होसारको शुभकामना दिनुहुँदै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान रहेको बताउनुभएको छ ।

शनिबार सोनाम ल्होछारको अवसरका शुभकामना जारी गर्नुहुँदै सभापति देउवाले यी पर्वहरूले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको बताउनुभयो ।

उहाँका अनुसार सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेका छन् ।

‘‘तामाङ जातिको अत्यन्त महत्त्वपूर्ण पर्व “सोनाम ल्होछार” अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका सम्पूर्ण  दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यस अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।’’