‘वास्तुकला परिवर्तनको स्वरूप देखाउन खोजिएको छ’
विदेशी अग्ला टावर, आधुनिक प्रविधियुक्त घर र डोल्पाको संस्कृतियुक्त घर । यी सबै केही बेरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा देख्न पाइन्थ्यो ।
संरक्षणविना जीर्ण लवकुश जन्मेको वाल्मीकि आश्रम
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठ मन्दिरमा दीपावलीे गरी उत्सवको रूपमा मनाइएको छ । तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम यतिबेला ओझेलमा छ ।
नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
प्राणप्रतिष्ठाको खुसीयालीमा दीपोत्सव तयारी
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा आज (सोमबार) धनुषा भगवान् राममय भएको छ । आज रामको प्राण प्रतिष्ठा गरिएको छ ।
अयोध्यामा रामको मूर्ति प्राण प्रतिष्ठाको साइतमा कालिगण्डकीमा लाख बत्ती प्रज्वलन
भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधामस्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।
अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति
अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति ९प्रतिमा० तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।
भगवान् रामको प्राणप्रतिष्ठाको अवसरमा बिदा
हिन्दु धर्मावलम्बीहरूका भगवान् मर्यादा पुरुषोत्तम श्रीरामको आज सोमवार छिमेकी राष्ट्र भारतको अयोध्यामा नयाँ मूर्तिको प्राण प्रतिष्ठा विधिवत् रूपमा हुँदैछ । रामको मूर्तिको प्राण प्रतिष्ठाको अवसरमा सुनसरी जिल्लाका अधिकांश स्थानीय पालिकाले आज एक दिन सर्वजनिक बिदा दिएका छन् ।
राम मन्दिरको प्राण प्रतिष्ठा : जनकपुरमा उत्सव तयारी
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा
हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ ।
हराउँदै छ कठरिया थारु पहिचानको घर
कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो ।
८० वर्षे उमेरमा धूमधाम बिहे
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
तीर्थस्थल धनुषाधाम
प्रत्येक वर्ष माघेसङ्क्रान्तिका दिनदेखि नै शुभारम्भ हुने धनुषाधामको मकर मेला प्रथम मकरका रूपमा विधिवत् शुभारम्भ भएको छ । यस धामको धार्मिक गाथा जनकपुर धामको पावन भूमि मिथिलासँग नै गाँसिएको छ
गोरखाको लक्ष्मी नारायण मन्दिर
गोरखाको प्रख्यात लक्ष्मीनारायण मन्दिर। यो मन्दिर राम शाह घाट वा मस्र्यांग्दी र दरौनी नदीको दोभानमा र गोरखा र तनहुँको सिमानाको दाहिने तर्फ रहेको छ।
लुम्बिनीको विकासमा सहकार्य गर्न चीनसँग आग्रह
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ ।
प्रकृति र संस्कृति झल्किने चित्रकला
काठमाडौँको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौँको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।
पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई दृष्टिगत गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
तस्बिरमा सेतो मच्छिन्द्रनाथको महास्नान
आज सेतो मच्छिन्द्रनाथ आर्यावतिलोकेश्वरको महास्नान गरिएको छ । काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो ।
संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१० मा मगर सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरिएको छ । आधुनिकताले मगर पहिचान गुम्न थालेपछि मौलिक कला संस्कृति जोगाउन सङ्ग्रहालय निर्माण गरिएको हो ।
बाँके बैजनाथ महोत्सव हुँदै
बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’
कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरूमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
धूमधामका साथ मनाइयो माघी
बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।
महिलालाई नौमती बाजा हस्तान्तरण
जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो ।
कुमाल भेषभूषा र संस्कृति
चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवकयुवती ।