• १९ वैशाख २०८१, बुधबार

तस्बिरमा श्री पचली भैरवको खड्ग सिद्धी जात्रा

blog

काठमाडौँको लगन टोलमा पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच नाच्दै । तस्बिर: केशव गुरुङ

काठमाडौं, माघ ६ गते । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्राको खड्ग सिद्धी नाच अहिले काठमाडौँको विभिन्न टोलमा नाच्नेकाम भइरहेको छ । सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी जात्रा’ नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।

आज काठमाडौँको लगनमा नचाइएको भए पनि यो जात्रा गएको दसैँबाट सुरुभएको हो । बडादसैँको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भएको यो जात्रा काठमाडौँस्थित मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने प्रचलन रहिआएको छ । 

१२ वर्ष खड्ग सिद्ध जात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भङ्ग भएको छ । अबको एक वर्षसम्म चल्ने यो खड्ग सिद्ध जात्रा वि.सं. २०८१ सालको भलभल अष्टमीका दिन समापन हुनेछ । नाच समापन भएपछि नाचका देवगणहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने परम्परा छ । 




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।