बेनीमा माघे सङ्क्रान्ति मेला सुरु
म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि माघे सङ्क्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरूको सक्रियतामा परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।
देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु
पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ ।
थारु समुदायमा माघीको रौनक
तराईका भूमिपुत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
दाङको कालिकादेवी मन्दिर
दाङको घोराही उपमहानगरपालिका २ कुइरेपानीमा अवस्थित कालिकादेवी मन्दिर। यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै नै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा अवस्थित रहेको छ। मन्दिरको गर्भ गृहमा कालिकादेवीको निकै नै आकर्षक मूर्ति छ।
थारु समुदायमा माघीको रौनक
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा माघीको रौनक छाएको छ । यतिबेला थारु गाउँबस्ती माघीमय बनेको छ ।
कुइरेपानीमा अवस्थित कालिकादेवीको मन्दिर
दाङको घोराही उपमहानगरपालिका-२ कुइरेपानीमा अवस्थित छ, कालिकादेवी मन्दिर । यो मन्दिर लमही बजारबाट दाङ जाँदा राजमार्गको बायाँतर्फ निकै फराकिलो र सुन्दर फुल बगैँचाले सजिएको स्थलमा रहेको छ ।
टोखाको चाकु (फोटो फिचर)
माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।
पूर्वी तराईमा ‘भक्का’ लोकप्रिय
पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोसिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईमा लोकप्रिय बनिसकेको छ ।
नेपाली सेनाको पदयात्रा टोली हनुमान ढोकामा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले सुरु गरेको पदयात्रा आज हनुमान ढोका आइपुगेको छ ।
बराह क्षेत्रमा पितृ उद्धारका लागि जम्मा भएका भक्तजन
सुनसरी जिल्लाको मात्र नभई नेपालकै प्रख्यात तीर्थस्थल हो–वराह क्षेत्र ।
दियालो बालेर परम्परागत ‘भुवो पर्व’ मनाइयो
हुम्लाका विभिन्न गाउँ बस्तीमा भुवो पर्व मनाइएको छ । बुधबार राति सल्लाको दियालोको राँको बनाएर परम्परागत ‘भुवो पर्व’ जिल्लाको सिमकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली, ताँजकोट गाउँपालिकामा मनाइएको हो ।
नेपालको उत्तरगया धाममा श्राद्ध गर्ने भक्तजनको भिड
पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन ।
माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव हुने
माघे सङ्क्रान्तिको अवसरमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो ।
गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको भीड
प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।
बाजुरामा भुवो पर्वको रौनक
बाजुरामा कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो सुरु भएको छ । बाजुराका जिल्लाका हरेक गाउँ बस्ती बस्तीमा यती बेला दमाहा बाजाका साथ स्थानीय युवाले हातमा ढाल तरबार समातेर भुवो सुरु गरेका छन् ।
सन्थाल समुदायको प्रमुख चाड सोहराय सुरु
झापासहित पूर्वी नेपालमा मुख्य बसोबास रहेको आदिवासी सन्थाल समुदायले मनाउने प्रमुख चाड सोहराय सुरु भएको छ। मंगलबारदेखि सुरु भएको यो चाड ६ दिनसम्म मनाइने गरेको पाइन्छ। पर्वको रूपमा मनाइने यो चाड सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरेको पाइन्छ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि बिहीबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
तराईमा माघीको रौनक सुरु
रुपन्देहीको थारु गाउँमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीको अवसरमा जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव तथा मेला आयोजना गर्ने तयारी भएको छ ।
पानीघट्टले धानेको स्याङ्तान दम्पतीको जीवन
ढुङ्गा र माटोले बनेको गाह्रो माथि जस्तापाताले छाएको एकपाखे सानो झुपडीमा पानी घट्टको आवाज निरन्तर सुनिन्छ । सोही घट्टको घुमाइसँगै पिसेको मकैको ज्यालाबाट नरबहादुर स्याङ्तान र जोगमायाको जीवन निर्वाह हुँदै आएको छ ।
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।
ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग आबद्ध गरी विश्वभर प्रचारप्रसार आवश्यक : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर यसको प्रचारप्रसारमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
गुफाभित्र प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मावलम्बी लामाले २५ दिनदेखि गुफामा शान्ति र अहिंसाका लागि प्रार्थना गरिरहेका छन् ।
पाथीभरा क्षेत्रका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रूपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात् संकेत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्ययतामा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
टुँडिखेलमा साकेला नाच (फोटो फिचर)
प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।