चिटिक्क भएर कम्मरकाे मादल बजाउँदै मारुनी नाच
मगर समुदायको परम्परागत मौलिक पोसाकमा चिटिक्क सजिएर कम्मरमा मादल भिरेका साना साना बालबालिकाहरूले नृत्य प्रदर्शन गर्दै थिए । पाका पुस्ताले गीत गाउँदै र बालबालिकाहरूलाई नृत्य सिकाउँदै थिए । मादल बजाउनेलाई मादले र महिलाको भेषमा सजिएर नाच्नेलाई मारुनी भनिन्छ ।
थारू गाउँको पहिचान जोगाउन महोत्सव
रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले जनाएको छ ।
नारायणगढको दुर्गा मन्दिर (फोटो फिचर)
भरतपुर उप महानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ।
लोप हुन थाले जलवायु मैत्री घुमाउने घर
तनहुँमा जलवायु मैत्री घुमाउने घर लोप हुन थालेको छ । पहिले गाउँघरमा प्रशस्त देखिने घुमाउने घर आजकल विरलै देखिन्छ ।
नचाइयो बाह्रवर्षे पचली भैरव नाच
हरेक १२ वर्षमा निकालिने श्रीपचली भैरवको नाच मरु टोलमा नचाइएको छ । सामान्य बोलीमा पचली भैरवको १२ वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने श्रीपचली भैरवको खड्ग सिद्धी नाच हो भने यसलाई नेपाल भाषामा गथु प्याखँ भनिन्छ । दुई दिनसम्म नचाइने सो नाचमा गणेश, वाराही, इन्द्रायणी, ब्रह्मायणी, नारायण, भैरव, सिँगिणी, व्याधिणी, श्वेत भैरवसहित १३ देवगण संलग्न नाच परम्परागत बाजाका तालमा नाचिन्छ । सुरुमा गुरु बाजालाई ढोग गरेपछि फरक पोसाक र मुकुन्डोमा सजिएका देवगणले क्रमशः नाच प्रस्तुत गरिन्छ ।
विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना
मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गर्नुभएको छ ।
इतुम्बहालमा सामूहिक बेल विवाह
केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुईदिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाका लागि इहि एउटा विशेष संस्कार हो ।
रातो मत्स्येन्द्रनाथलाई पाटनमा ल्याइने
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर विराजमान गराइने भएको छ । करुणामय मत्स्येन्द्रनाथलाई छ महिना पाटनमा र छ महिना बुङ्मती राखिने चलन अनुसार शुभ साइत हेरेर पाटनको तःबहाल ल्याउन लागिएको हो । मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीका अनुसार बुधबार बिहानको शुभ साइत अनुसार साङ्केतिक रूपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइने भएको छ ।
सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त
विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै
बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो ।
साँखुको स्वस्थानी माता मन्दिर (फोटो फिचर)
काठमाडौँबाट अलि मास्तिर साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको प्रख्यात स्वस्थानी माताको मन्दिर रहेको छ । यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति छ ।
आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई
संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।
माधवनारायणको पूजाअर्चना
भक्तपुरको हनुमन्तेस्थित हनुमान घाटमा भक्तजनले बिहीबार बिहान नुहाएर माधवनारायणको पूजाअर्चना गरेका छन् । माधवनारायण व्रत सेवा समितिका लक्ष्मीप्रसाद रञ्जितका अनुसार व्रत लिनेहरू बालकदेखि वृद्धसम्म हुने भएकाले उनीहरूको स्वास्थ्यको अवस्थालाई ध्यानमा राखिएको छ ।
थारु समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह
जिल्लाका स्थानीय तहहरूले थारु समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरुपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् ।
आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै
अल्पसङ्ख्यक आदिवासि सन्थाल जाति यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा
सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर)को साजसज्जा तथा रङरोगन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि सुरु गरिएको साजसज्जा तथा रङरोगनको कार्य थालिएको हो ।
माघीको मेलमिलाप
थारूको सबैभन्दा ठूलो पर्व माघी थारूहरूले परापूर्वकालदेखि धूमधामसँग मनाउँदै आइरहेका छन् । थारू समुदायले स्थान विशेष अनुसार फरक फरक तरिकाले विशेष महत्व दिएर माघी मनाउने गर्छन् । यस पर्वलाई थारूले विशेष गरेर नयाँ वर्ष, उन्मुक्ति दिवस, सदभाव र मेलमिलापका रूपमा तथा चेलीबेटीलाई कोसेली उपहार दिने पर्वका रूपमा मनाउने चलन रहिआएको छ । यस पर्वमा धुमरु गीत गाउने, डफ, मादल बजाउने र मघौटा आदि नाच नाच्ने गरिन्छ ।
देउडा संरक्षणमा सरकारले बजेट छुट्याउछ: मन्त्री धामी
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताउनु भएको छ ।
आजदेखि स्वस्थानी व्रत सुरु : शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।
स्वस्थानी व्रतकथा आजबाट
उपत्यकाको पूर्वी भेग साँखुको शालीनदीमा एकमहिने माधवनारायण मेला बिहीबारदेखि सुरु हुने भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने हिन्दु धर्मावलम्बीको यो पर्व स्वस्थानी व्रतकथा वाचन तथा माधवनारायणको पूजा आराधना गरी मनाइन्छ । माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घर घरमा स्वस्थानी कथा पढ्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
शिवराजमा थारू सङ्ग्रहालय सञ्चालन
कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ ।
किरात बाहिङ संस्कृति 'हंङ बोचो'
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
अयोध्यामा रामको प्राणप्रतिष्ठा : जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।
राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा खुसीयाली
त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।