• २१ वैशाख २०८१, शुक्रबार

हाम्रो सम्पदा

नारायणगढको दुर्गा मन्दिर (फोटो फिचर)

blog

नारायणगढ, माघ २० गते । भरतपुर उपमहानगरपालिका वडा नं. १ पुलचोकमा अवस्थित प्रख्यात दुर्गा मन्दिर। यो दुर्गा देवीको मन्दिर नारायणी नदीको पुल नजिकको उत्तरतर्फको सडकको केही दुरीमा दाहिनेतर्फ दुई तले प्याइगोडा शैलीको निकै नै आकर्षक रहेको छ। 

मन्दिरको गर्भ गृहमा सुरक्षाको लागि सिसाको घेराभित्र कालो प्रस्तरको निकै नै कलात्मक शैली र आकर्षक दुर्गा माताको मूर्ति रहेको छ। साथै मूर्तिको दायाँ र बायाँ साथै पाउ तल विभिन्न देव देवताहरूको सानो मूर्तिहरू समेत रहेको छ। आकर्षक गजुर र तोरण भएको यस मन्दिरको सामुन्ने भजन मण्डप लगायत अन्य धार्मिक भवन समेत रहेको छ। मन्दिरको अगाडी एक मौलो पनि रहेको छ जहाँ भक्तजनहरू बलि दिने गर्दछन्। मन्दिर परिसरमा विभिन्न देव देवताहरूको मूर्तिहरू लगायत वट वृक्ष समेत रहेको छ

यस मन्दिरका पुजारी गणेश प्रसाद ढकालका अनुसार यो दुर्गा माताको मन्दिर निकै नै पुरानो भएकोले यहाँ भक्तजनहरूको आकर्षण बढेको छ। साथै यस शक्ति पीठमा बडा दसैँ लगायत अन्य पर्वहरूमा विशेष पूजा पाठ, भजन कीर्तन आदी हुनुको साथै दैनिक नित्य पूजा समेत हुने गर्दछ। उक्त दिन भक्तजनहरूको अत्यधिक भिड लाग्ने पुजारी ढकाल बताउनु हुन्छ। मन्दिरको व्यवस्थापन संचालानार्थ दुर्गा मन्दिर व्यवस्थापन समिति समेत गठन गरिएको छ।