तिलाचौरको सिद्धनाथ मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा अवस्थित प्रख्यात सिद्धनाथ मन्दिर । प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको क्षेत्रफल निकै नै फराकिलो रहेको छ भने मन्दिर परिसरमा गणेश भगवानको मन्दिर लगायत अन्य विभिन्न देवताहरूको साना मन्दिर रहेको छ । जसले गर्दा यसलाई धार्मिक स्थल पनि मानिएको छ।
इतिहासको झल्को दिँदै एकीकरण पदयात्रामा सेना
नेपाली सेनाले एकीकरण पदयात्रा सुरु भरेको छ । शनिबार बिहान एक कार्यक्रमका बिच यात्रामा निस्केन सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतना पति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।
थामी सङ्ग्रहालय निर्माण सुरु
थामी जातिको उत्पत्तिको रूपमा रहेको दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावती राङराङथलीमा थामी सङ्ग्रहालय निर्माण सुरु भएको छ ।
पशुपतिमा फोटो खिच्न निषेध
पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी कम्पनीलाई मन्दिर परिसरबाहिरको फोटो र भिडियो खिच्ने जिम्मा दिने कोषको निर्णय र ठेक्कामा भएको सम्झौता अधिकारभन्दा बाहिर गएर उक्त कम्पनीले सूचना जारी गरेपछि तीव्र आलोचना भएको हो ।
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी
म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरुपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।
चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’
माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ ।
पाथीभरामा १८५ तोला सुन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन सङ्कलन भएको हो ।
महाकाली नदीको हरिहर स्नान घाटमा मकरमेला र महोत्सव
कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।
जनकपुरधामबाट राम जन्मभूमि अयोध्यामा भार पठाइयो
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।
भाडामा ड्रेस : संस्कृति संरक्षणसँगै कमाइ
धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी रेविका राना लेहङ्गा चोलियामा चट्ट सजिनु भएको थियो । उहाँले एक सय रुपियाँ दिएर भाडामा लेहेङ्गा, चोलिया लिनु भएको हो ।
चिटिक्क सजियो वसन्तपुर
सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र वसन्तपुरमा सौन्दर्यीकरणका विभिन्न गतिविधि निरन्तर अघि बढेको छ । हरियाली बिरुवाको गमला सजाएसँगै यस क्षेत्रको आकर्षण थप बढेको छ ।
उजिरसिंहले चलाएको भगवती जात्रा
हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा । रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (विसं १८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्य अन्तर्गत पर्ने बुटबल र स्युराजलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्यो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो ।
विस्थापित हुँदै उखु पेल्ने कोल
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उहाँ महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउनुहुन्थ्यो । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उहाँले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो ।
टाेपी दिवसमा प्रहरीलाई ढाका टोपी वितरण
१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।
मुस्लिम मजारमा हिन्दुको मेला
बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाटसमेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।
वसन्तपुरमा मनाइयो ११ औँ नेपाली टोपी दिवस
११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौँको वसन्तुपुरमा कार्यक्रम गरी टोपी दिवस मनाइएको हो ।
मनाइयो तमु ल्होसार पर्व
आइतबार राजधानीको टुँडिखेलमा महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचमा व्यस्त थिए । गुरुङ समुदायले पुरानो वर्ष (बिरोलो वर्ष) लाई बिदाइ गरी नयाँ वर्ष (गरुड वर्ष) लाई स्वागत गर्ने दिनका रूपमा आइतबार तमु ल्होसार धुमधामसँग मनाउने क्रममा यस्तो दृश्य देखिएको हो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ग¥यो ।
तमु ल्होसारको सुन्दरता (फोटो फिचर)
गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ पर्व भनाएका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ।
टुँडिखेलमा तमु ल्होसार (फोटो फिचर)
गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
चाक्चाकुर पर्व मनाउँदै कुलुङ समुदाय
आदिवासी कुलुङ समुदायको प्रमुख पर्व चाक्चाकुर पर्व आजबाट मनाउन सुरु गरिएको छ । कुलुङ समुदायको बाहुल्य क्षेत्रमा पौष १५ देखि १७ सम्म तीन दिन यो पर्व मनाउने गरिन्छ ।
प्रमुख शर्माद्वारा लोसारको शुभकामना
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गुरुङ जातिको महत्त्वपूर्ण पर्व तमु लोसारका सन्दर्भमा शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष पुस १५ मा तमु अर्थात् गुरुङ जातिले हर्षोल्लासपूर्ण वातावरणमा तमु लोसार मनाउँदै आएका छन् ।
चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउने
गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुुभएको छ ।