‘राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
इलाममा सुरु भयो ललितकला उत्सव
इलाममा आजदेखि ललितकला उत्सव सुरु भएको छ । नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो ।
बन्दीपुरको खड्गमाई मन्दिर (फोटो फिचर)
तनहुँ जिल्लाको प्रख्यात पर्यटकीय स्थल बन्दीपुरमा रहेको ऐतिहासिक एवं प्राचीन मध्येको एक मन्दिर हो खड्गमाईको मन्दिर । यो मन्दिर ब्यास नगरपालिका वडा नम्बर ११ को उच्च पहाडको पूर्वी भागमा अवस्थित रहेको छ।
पाँचौ सडक खाना महोत्सवको तयारी पूरा
बुटवलको बसपार्कदेखि तीनकुनेसम्म पाँचौ सडक खाना महोत्सव हुनेभएको छ । बुटवलको पर्यटन प्रवर्धन र सुस्ताएको बजारलाई थप चलायमान बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ संस्करणको सडक खाना महोत्सव गर्न लागेको हो ।
जोगाइँदै लोक भजन
मल्लरानी गाउँपालिका–२ का प्रेम जिसीले वर्षौपछि हनुमान नाँच देख्न पाउनुभयो । बाल्यकालमा गाउँमा हुने पूजामा हनुमान हेरेका उहाँले वर्षौंपछि अहिले देख्न पाउनुभएको हो । मल्लरानी गाउँपालिका–३ स्थित पुरानो मन्दिर पालुकाथानमा प्रस्तुत गरेको हनुमान नाँच जिसीसहित सयौँ दर्शकले रुचिपूर्वक हेरेका थिए ।
संस्कृति संरक्षण गर्न प्रतिस्पर्धात्मक प्रस्तुति
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा संस्कृति संरक्षण साथै प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रस्तुतिमा प्रतिस्पर्धा गराइएको छ। लिम्बू समुदायले आफ्नो संस्कृतिअन्तर्गत च्याब्रुङ नाच (केःलाङ), धान नाच (याःलाङ) लगायतका प्रस्तुतिमा प्रतिस्पर्धा गराएको हो।
दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु
माघी नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठुलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ ।
देवघाटधाम क्षेत्रको सरसफाइ
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द यूथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरूले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।
बागलुङमा हनुमान नाच
हनुमान नाच नेवार समुदायको पुरानो मौलिक कला संस्कृति हो ।
‘मतिना पारु’ अर्थात् माया गर्ने दिन
नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा) को भोलिपल्टलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । नेवारी समुदायमा करिब करिब लोप भइसकेको प्रेम दिवसबारे सामाजिक सञ्जालमा भने शुभकामना दिनेहरूको सङ्ख्या अधिक रहेको छ । युवापुस्ताले आफ्नो संस्कृति बचाउन वसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ‘मतिना पारु’ हर्षोल्लासका साथ मनाएका छन् ।
टुँडिखेलमा तीन दिने ल्होसार महोत्सवको तयारी
गुरुङ जातिले आफ्नो प्रमुख पर्व ल्होसार पुस १५ गते धूमधामका साथ मनाउने तयारी गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ल्होसार तयारी पूरा भएको आयोजकले जनाएको हो ।
आठौँ देवदह महोत्सवको तयारी
रुपन्देहीको देवदहमा आठौँ देवदह महोत्सव हुने भएको छ । माघ २५ गतेदेखि आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८० सुरु भई फाल्गुन ८ गतेसम्म चल्नेछ ।
जनकपुरधामबाट अयोध्यामा कोसेली पठाइने
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।
राष्ट्रपतिद्वारा बागलुङ कालिका मन्दिरको दर्शन (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।
स्यार्से कालिका मेला सम्पन्न
मकवानपुरको नामटारमा स्यार्से कालिका मन्दिरमा लागेको दुई दिने मेला सम्पन्न भएको छ ।
जनकपुरधामबाट भार पठाउने तयारी
भारतको अयोध्यामा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
दोलखाको कालिनाग मन्दिरमा भव्य मेला
धान्यपूर्णिको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–८ मा रहेको कालिनाग मन्दिरमा दीप प्रज्ज्वलन सहितको मेलामा श्रद्धालु भक्तजनको भीड लागेको छ।
तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
उद्यौलीमा रमाउँदै पूर्वका किरात समुदाय
किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व विभिन्न कार्यक्रम गरी यस वर्ष पनि भव्य रूपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घसंस्थाले अघिल्ला वर्षझैँ यसवर्ष पनि विशेष उत्सवका साथ उद्यौली पर्व मनाउने तयारीमा जुटेका हुन् ।
थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै
थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाद्वारा उँधौलीको शुभकामना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले किरात समुदायको महान् पर्व उँधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ ।
यःमरी माग्न जाने चलन लोप हुँदै
वा पासा वा वा सकलें वा छेँखापतिं यःमरी फ्वं वनेवा... त्यःछिं त्यः बक छिं त्यः लातापाता कुलिंचा जुस्सें त्यः ...’ नेवार समुदायमा यःमरी पुन्हीका दिन यस्तै गीत गाउँदै यःमरी माग्न जाने प्रचलन रहेको छ ।
उधौली पर्व मनाइँदै
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।