• २० वैशाख २०८१, बिहिबार

हाम्रो सम्पदा

तिलाचौरको सिद्धनाथ मन्दिर (फोटो फिचर)

blog

कञ्चनपुर, पुस २१ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा अवस्थित प्रख्यात सिद्धनाथ मन्दिर । प्राकृतिक सम्पदाले भरिपूर्ण यस मन्दिरको क्षेत्रफल निकै नै फराकिलो छ भने मन्दिर परिसरमा गणेश भगवानको मन्दिर लगायत अन्य विभिन्न देवताको साना मन्दिर छ । जसले गर्दा यसलाई धार्मिक स्थल पनि मानिएको छ। 

मन्दिरको गर्भगृहमा सुनको जलप भएको प्रख्यात सिद्धनाथको मूर्तिलगायत अन्य विभिन्न देव देवताका मूर्ति छन् र सिद्धनाथको मन्दिरको दाहिनेतर्फ घण्टहरू पनि झुन्डाइएका छन्। यस मन्दिरका पुजारीका अनुसार हिन्दुहरूको विभिन्न चाडपर्वमा यहाँ भक्तजनको भिड लाग्नुको साथै यहाँ विभिन्न धार्मिक कार्यक्रम हुने गर्दछन्। यस जिल्लामा अत्यधिक सिद्धनाथ मन्दिर छन् जसमध्ये याे मन्दिर निकै प्रख्यात छ।