बाजेले गरेको कटुवाल पेसा धान्दै मनबहादुर
नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु र्याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।
भोली टोखामा सार्वजनिक बिदा
काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जिब्रो छेड्ने जात्रा, पिताको बिँडो थामे सुजनले
भक्तपुरको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बिस्काः जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा धुमधामसँग मनाइएको छ । यस वर्ष सुजन बाग श्रेष्ठले दोस्रो पटक आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिनुभयो । योभन्दा पहिला उहाँका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो । चैत मसान्तका दिन महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जात्रामा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने प्रचलन अनुसार यो पटक २८ वर्षका सुजन बाग श्रेष्ठले जिब्रो छेड्नुभएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न
मिथिला क्षेत्रमा वासन्ती [चैती] छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य [अर्घ] दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।
जिब्रो छेडेर नगर परिक्रममा गर्दै श्रेष्ठ
मध्यपुर थिमिको ऐतिहासिका बिस्काःजात्रासँगै हरेक वर्ष मनाइँदै आएको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेर नगर परिक्रमा गर्दै सुजन बाग श्रेष्ठ ।
फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत
‘‘एउटो पैसो कैलेलाई, चैते दसैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’ यो गीतले चैते दसैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दसैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ ।
चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य
मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन
दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो ।
मत्सरीमा चैतेनवरात्राको अवसरमा हरिवंशपुराण वाचन
चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ ।
सिन्दुरजात्राले रङ्गियो ठिमी (फोटो फिचर)
बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो ।
तराईमा सिरुवा पर्व, १५ दिन मनाइने
कुनै समय टाढा–टाढाका मानिस खसी, बोका, बाख्रा कुखुरा, दलहन र तेलहन किन्न चैतको मसान्त छेउछाउको समय पर्खन्थे । मुख्य कारण तराईका भुमिपुत्रहरू राजवंशी र ताजपुरियाको सबैभन्दा ठूलो सिरुवा पर्व भएर हो ।
मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो।
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभ साइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो ।
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
थारू हस्तकला प्रवर्धन गर्न बृजा ताल महोत्सव
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ ।
भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो
याँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानव सागर उर्लिएको छ ।
पूर्वी नेपालमा सिरुवा पर्व मनाइँदै
झापासहित पूर्वी तराईको मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ । राजवंशी, थारु, ताजपुरीया, धिमाल, मेचे, गनगाई र माझीलगायतका आदिवासी समुदायले यो पर्व मनाउन सुरु गरेका हुन् ।
उत्साहका साथ मनाइँदै चैती छठ
श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ ।
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।
महाकुम्भ मेलाको प्रथम शाही स्नान सम्पन्न
वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम शाही स्नान गरिएको छ । शनिबार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।
सुनसरीमा सिरुवा र जुडसित मनाइँदै
वि.सं. वैशाख १ गते २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ ।
सुदूरपश्चिममा सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै बिसु पर्व मनाइँदै छ । डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।