मनाइयो तेमाल जात्रा (फोटो फिचर)
रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा सोमबार मनाइएको छ ।
घाटुनाच संरक्षणमा गुरुङ समुदाय
नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।
हुड्को बजाएर अन्तरपुस्ता अनुभव साटासाट
बैतडीमा हुड्को बजाएर अन्तरपुस्ता अनुभव आदान–प्रदान गरिएको छ । पुराना पुस्तासँग भएको ज्ञान, सीप, प्रविधि तथा कला सम्बद्ध अनुभव साट्न यहाँ हुड्केउली र फाग सगुन गाइएको छ ।
सकियो सेतो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
गत मंगलबारबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको जात्रा सकिएको छ । शुक्रबार आमा रुखको परिक्रमा पश्चात आज शनिबार पूजा विधि गरी रथबाट निकाली खटमा राखी पुन: मच्छिन्द्रबहाल अवस्थित मन्दिरमा पुन: प्रतिस्थापनका लागि लगिएको छ ।
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।
दोलखाको बुग्देउ जात्रा
दोलखामा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई स्थानीय बासिन्दाले बुग्देउ जात्रा भन्छन् । ललितपुरमा मनाइने रातो मत्स्येन्द्रनाथको जात्रालाई काठमाडौँ उपत्यकाका बासिन्दा (नेवार समुदाय) ले बुगंद्यो जात्रा भन्ने गर्छन् । नेपालमा सबभन्दा लामो समयसम्म चल्ने जात्रामध्ये रातो मत्स्येन्द्रनाथको जात्रा पनि एक हो । रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुर र दोलखामा मात्र मनाइन्छ । यो जात्रा कसरी नेपालमा चल्यो भन्ने सन्दर्भमा एउटा पुरानो जनश्रुति प्रचलनमा सुन्न पाइन्छ । जनश्रुति अनुसार करिब १४०० वर्षअघि नेपालका लिच्छवि राजा नरेन्द्रदेवको पालामा लामो समयसम्म वर्षा नभएर खडेरी परी हाहाकार भएको थियो । किन यस्तो भयो भनी ज्योतिषीलाई देखाउँदा गोरखनाथ बाबा भिक्षाटन गर्दै आउँदा कसैले पनि भिक्षा नदिएको हुनाले गोरखनाथ रिसाएर यहाँका सम्पूर्ण नागलाई आफ्नो वशमा पारी आफ्नो आसन बनाएर ध्यानमा बसेका रहेछन् ।
राजविराज छिन्नमस्ता भगवती मन्दिर (फोटो फिचर)
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
महाँकाल नाचको संरक्षणमा लिमीका युवा
नाम्खा गाउँपालिका हिमालपारिको गाउँमा रहेका लिमीका युवा महाँकाल नाचको संरक्षणमा लागेका छन् । नाचलाई लोप हुन नदिन युवाहरू अघिल्लो पुस्ताबाट नाच सिकेर यसको संरक्षणमा लागेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले महाँकाल नाच लोप नहोस् भन्नका लागि पछिल्लो पुस्ता यसको संरक्षणमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुर्सदको समय निकालेर युवाहरू अघिल्लो पुस्तासँग अनुहारमा मुकुन्डो लगाउने र शरीरमा परम्परागत पहिरनमा सजिएर नाच सिकिरहेका छन्,” उहाँले भन्नुभयो, “लोप होला भन्ने चिन्ताले युवाहरू स्वस्फूर्त रूपमा नाच सिक्न थाल्नु सकारात्मक कार्य भएको बताउनुभयो ।
पाटनमा गरियो सम्पदा यात्रा (फोटो फिचर)
ललितपुरको पाटनढोकादेखि दरबार स्क्वायर क्षेत्रसम्म सम्पदा यात्रा (हेरिटेज वाक) गरिएको छ।
काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
तेमाल जात्राको तयारी पूरा
यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ । बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
घाटुनाचको संरक्षणमा जुट्दै गुरुङ समुदाय
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।
पन्चैबाजा र पुरोहित खोज्न सास्ती
बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वैशाख ६ र ७ गतेका शुभसाइत भने रसरौसविहीन वा महँगो पर्न गएका छन् । बिहे त जु¥यो तर बाजा र कर्म गराउने पुरोहित खोज्न सास्ती छ पोखरामा । वैशाख ६ र ७ गतेका दिन सीमित लगनमा धेरैको बिहे भएकाले बाजा, पुरोहित, भोज, पार्टी प्यालेस, कपडा आदिको प्रबन्ध मिलाउन सास्ती भएको हो ।
प्रजापतिले १५ औँ पटक छेडे जिब्रो
रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५ औँ पटक जिब्रो छेड्नुभयो ।
सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेको भिड
काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भिड लागेको छ । चैत शुक्ल अष्टमी (मङ्गलबार) बाट सुरु भएको रथजात्राको रथ तानेर मङ्गलबारनै असन पुर्याइएको थियो ।
बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि
काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।
आज रामनवमी मनाइँदै
आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
मंगलबारबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मंगलबार दिउँसो अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि आर्यालोकितेश्वरको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई भक्तजनको लावालस्कर साथ तीनधारा पाठशालामा निर्माण गरिएको शिखर शैलीको रथमा बिराज गराइएको हो ।
अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण
पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवम् रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ ।
मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मीना कँडेलकावासोती, वैशाख ४ गते। पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको ऐतिहासिक एवं धार्मिकस्थल मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। मन्दिरमा बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ। नयाँ वर्षसँगै विजयादशमी, माघे सङ्क्रान्ति तथा चैतेदसैंलगायतका पर्वमा भक्तजनको भीड लाग्ने गरेको छ। यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण नवलपुरलगायत देशका विभिन्न स्थान र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्।मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ। यसका साथै प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि समेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ। देशकै प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा मौलाकालिका केवलकार सञ्चालनमा आएसगैँ स्थानीय हर्षित भएका छन्। चैतेदसैँको अवसरमा मङ्गलबार दुई हजार भक्तजनले दर्शन गरेका छन्। मौलाकालिका केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले केबलकार सञ्चालन भएको एक वर्षको अवधिमा दुई लाख ७५ हजार भक्तजनले केबलकार चढेर मन्दिरमा पूजापाठ गरेको बताउनुभयो। केबलकार नचढी मन्दिर दर्शन गर्न जाने भक्तजन समेत रहेकाले मन्दिरमा दिनहुँ भीड लाग्ने उहाँको भनाइ छ।१६ औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्त्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो। हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माइलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उनले बताए। मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको पराजुलीको भनाइ छ।केवकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धालाई समेत सहज भएको सापकोटाले बताउनुभयो। विगतमा दुईचार घण्टा हिँडेर मन्दिर पुग्ने गरेकोमा अहिले केवलकारले सहज बनाएको छ। ८० वर्ष नाघेका वृद्धवृद्धालाई केबलकारमा शुल्क नलाग्ने, ७० देखि ८० उमेर समूहका, विद्यार्थीलाई २५ प्रतिशत छुट भएकाले पनि मन्दिर दर्शनका लागि आउने सङ्ख्यामा वृद्धि भएको उहाँ बताउनुहुन्छ।मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ। सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ। समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर छ।
रङ्गशाला निर्माणका लागि महायज्ञ
पूर्वी मकवानपुरको बकैयामा रङ्गशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । जुरेली रङ्गशाला निर्माण समिति बकैया –४ ले रङ्गशाला निर्माणमा सहयोग जुटाएको हो ।
हलेसीमा पन्ध्र दिने रामनवमी मेला
प्रसिद्ध धार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमीको अवसर पारेर एक साताअघिदेखि धार्मिक मेला लागेको हो । भोलि बुधबार रामनवमी पर्व हो ।
सद्भावका देवता सेतो मच्छिन्द्रनाथकाे रथजात्रा सुरु
विश्वलाई अपनत्व महसुस गराउने प्रयत्नले सेतो मच्छिन्द्रनाथको जात्रा सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।
सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा मङ्गलबारदेखि सुरु हुने छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पु¥याउने चलन चल्दै आएको हो ।