• २० वैशाख २०८१, बिहिबार

महाँकाल नाचको संरक्षणमा लिमीका युवा

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ७ गते । नाम्खा गाउँपालिका हिमालपारिको गाउँमा रहेका लिमीका युवा महाँकाल नाचको संरक्षणमा लागेका छन् ।  नाचलाई लोप हुन नदिन युवाहरू अघिल्लो पुस्ताबाट नाच सिकेर यसको संरक्षणमा लागेका हुन् ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले महाँकाल नाच लोप नहोस् भन्नका लागि पछिल्लो पुस्ता यसको संरक्षणमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “फुर्सदको समय निकालेर युवाहरू अघिल्लो पुस्तासँग अनुहारमा मुकुन्डो लगाउने र शरीरमा परम्परागत पहिरनमा सजिएर नाच सिकिरहेका छन्,” उहाँले भन्नुभयो, “लोप होला भन्ने चिन्ताले युवाहरू स्वस्फूर्त रूपमा नाच सिक्न थाल्नु सकारात्मक कार्य भएको बताउनुभयो । यो लिमीका चाडपर्वमा नाचिने महत्वपूर्ण नाच हो । यसलाई संरक्षणका लागि वडाले पनि सहयोग गर्ने उहाँको भनाइ छ । नाच नाच्नेले लगाउने मुकुन्डो, पोसाक र ढाल तरबार पनि निकै महँगो छ ।