मधेश प्रदेशमा सार्वजनिक बिदा
तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।
मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ। भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास र बिपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो।
महाकुम्भ मेलामा शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । आज नयाँ वर्षको शुभ साइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो ।
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
थारू हस्तकला प्रवर्धन गर्न बृजा ताल महोत्सव
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ ।
भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो
याँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानव सागर उर्लिएको छ ।
पूर्वी नेपालमा सिरुवा पर्व मनाइँदै
झापासहित पूर्वी तराईको मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ । राजवंशी, थारु, ताजपुरीया, धिमाल, मेचे, गनगाई र माझीलगायतका आदिवासी समुदायले यो पर्व मनाउन सुरु गरेका हुन् ।
उत्साहका साथ मनाइँदै चैती छठ
श्रद्धा, भक्ति एवम् धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ ।
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।
महाकुम्भ मेलाको प्रथम शाही स्नान सम्पन्न
वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम शाही स्नान गरिएको छ । शनिबार बिहान बाजागासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी सङ्गममा पुगेर महास्नान गरिएको हो ।
सुनसरीमा सिरुवा र जुडसित मनाइँदै
वि.सं. वैशाख १ गते २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदै छ । मधेशी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो दिनदेखि तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ ।
सुदूरपश्चिममा सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै बिसु पर्व मनाइँदै छ । डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।
पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो ।
नयाँ वर्ष : उमङ्गको पर्व
नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ ।
एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन
चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
टोखामा आजदेखि विस्का जात्रा सुरु
ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो ।
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।
मिथिलाञ्चलमा चैतीछठोत्सव सुरु
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको पर्व चैतीछठ विधिपूर्वक प्रारम्भ भएको छ । शुक्रबारदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ ।
तामाङ जातिको 'ताम्बा' संरक्षण
तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले ताम्बा संस्कार संरक्षण थालिएको छ ।
सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ
गुल्मीको सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका-१३ र गुल्मीदरबार गाउँपालिका-३ को सिमानास्थित भुवाने पार्क राम्चे डाँडा तथा रेसुङ्गाको काखमा एक करोड बढी लागतमा निर्माण भएको सीताराम मन्दिरमा श्रीराम कथा, हनुमान चालीस, हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने बताइएको छ ।
कुम्भ नगरी चतराधाममा दैनिक धार्मिक सत्संग
बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको अवसरमा कुम्भ नगरी चतरा धाममा धार्मिक कथा प्रवर्चनहरु सुरु भएको छ । एक महिनासम्म लाग्ने महाकुम्भ मेलामा धार्मिक गुरुहरू द्वारा कथा प्रवर्चनका साथै सत्संग सुरु गरिएको हो ।
हर्षोल्लासका साथ मनाइँदै इद
सुनसरीका इस्लाम धर्मावलम्बीहरूले इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै बिहीबार इद-उल-फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
शान्ति र सदभावको पर्व 'इदुलफित्र' मनाइँदै
शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् ।