• ७ जेठ २०८१, सोमबार

तस्बिरमा मच्छिन्द्रनाथको रथारोहण

blog

मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै । तस्बिरः मनोजरत्न शाही

ललितपुर, वैशाख २७ गते। वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको बिहीबार शुभसाइतमा रथारोहण गरिएको छ। उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) जात्राका लागि मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याइ विराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रामा मच्छिन्द्रनाथको वैशाख २९ गतेदेखि रथ जात्रा सुरु हुनेछ। 

मच्छिन्द्रनाथको महास्नानसँगै जात्राको तयारी थालिएको हो। जात्राका लागि नै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण गरिने गरिन्छ भने मच्छिन्द्रनाथको तःबहा अवस्थित मन्दिरको प्राङ्गणमा मच्छिन्द्रनाथको मूर्तिको रगंरोगन गर्ने गरिन्छ। जसलाई स्थानीय भाषामा लँपु छाय्गु भनिन्छ। जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, सोही दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिर लगी प्रतिस्थापन गरेपछि जात्रा सम्पन्न हुनेछ।  



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।