पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।
मच्छिन्द्रनाथको रथ निर्माण बारे गुठी संस्थानको अन्तरक्रिया
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण बारे सञ्चारकर्मीसँग स्थलगत अवलोकन तथा अन्तरक्रिया सम्पन्न भएको छ।
जलेश्वरको अन्धाअन्धीमा भक्तजनको घुइँचो
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज बिहानदेखि महोत्तरीको लोहारपट्टि नगरपालिका बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिकस्थल अन्धाअन्धीमा भक्तजनको घुइँचो लागेको छ ।
घरबास सञ्चालनले जीवनस्तरमा परिवर्तन
पछिल्लो समय होमस्टे अर्थात् (घरवास) सञ्चालनबाट राम्रो आम्दानी हुन थालेपछि नवलपुरका महिला आत्मनिर्भर हुन थालेका छन् । सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ ।
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदै छ ।
मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।
मिरा थुन्से बेचेर मनग्य आम्दानी गर्दै
धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।
हेटौँडा कला महोत्सव जेठमा
कला क्षेत्रको महत्त्व बुझाउने उद्देश्यले आगामी जेठमा ‘हेटौँडा कला महोत्सव’ आयोजना हुने भएको छ । स्यार्टडे प्लेन आर्टको आयोजना हुने महोत्सवको संरक्षकमा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हुने काठमाडौँमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
मातातीर्थ मेला आजबाट सुरु
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ ।
मारुनी नाच्दै, शिक्षक पाल्दै
धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर संस्कृति मात्र जोगाएका छैनन् सामुदायिक विद्यालयका शिक्षकको तलबसमेत जुटाइरहेका छन् । गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको छ ।
कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
लुम्बिनीमा बुद्ध जयन्तीको तयारी
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइने बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी सुरु भएको छ ।
जागरण पदयात्रा
भगवती मानव कल्याण सङ्गठनले ‘नसामुक्त नेपाल, समृद्ध नेपाल’ नारासाथ काठमाडौँमा जनजागरण पदयात्रा सम्पन्न गरेको छ । काठमाडौँको पशुपति क्षेत्रको सुमार्गी भवनबाट गौशाला, जयवागेश्वरी, सिफल चौर, गणेशस्थान, गङ्गाहिटी, गोपीकृष्ण हल, सरस्वतीनगर, महाङ्काल, टुसाल चोक, श्रम स्कुलबाट खरिबोट हुँदै करिब १० किलोमिटरको पदयात्रा गरी गुह्येश्वरी मन्दिरमा पुगेर समापन भएको थियो ।
भारतका प्रधान न्यायाधीश चन्द्राच्युडद्वारा पशुपतिको दर्शन
भारतका प्रधान न्यायाधीश डा. धनन्जय वाइ. चन्द्राच्युड र उहाँको धर्मपत्नी कल्पना दासले शनिबार आराध्यदेव पशुपतिनाथको दर्शन तथा विशेष पूजापाठ गर्नुभएको छ ।
रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)
उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ ।
कौशीकी आरती चतराधामको आकर्षक बन्दै
कुम्भ नगरी चतरा धाम आउने धार्मिक पर्यटकहरू वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिस महल र औलिया मठको दर्शनपछि साझामा कौशीकी आरतीमा सहभागी हुने गरेका छन् ।
मत्स्येन्द्रनाथको रथ निर्माण सुरु
करुणामय बुगंद्यः (रातो मत्स्येन्द्रनाथ) को रथ निर्माण सुरु भएको छ । ३२ हात लामो रथ निर्माणका लागि पहिलो चरणमा पुल्चोकस्थित पीठमा रथको घचाः (पाङ्ग्रा) पुर्याइएको छ । वाराहीले रथमा पाङ्ग्रा र लःसिं राख्ने छन् । काठलाई डोरी र बेतले कस्ने काम गर्ने छन् । हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले समेत करुणामयका रूपमा आराधना गर्ने रातो मत्स्येन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने र प्राचीन जात्राका रूपमा परिचित एक सांस्कृतिक जात्राका रूपमा लिइन्छ । जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्छ । यो वर्ष वैशाख २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गरिने भएको छ ।
पशुपति आर्यघाटको विद्युत शवदाह साउन १ देखि निःशुल्क गरिने
पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो ।
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका
धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो ।
बाह्रबर्से नाचमा सेन राजाका कथा
बोका र राँगाको बलिसहित तान्त्रिक विधिपूर्वक पूजाआजा गरी गोपाली बस्ती कुन्छालमा १२ बर्से नाच सम्पन्न गरिएको छ । शनिबार नाच सकिएपछि आइतबार कुन्छाल गाउँमा नाचमा सहभागी कलाकार, गुरुलगायत सहयोगी र गाउँलेको सहभागितामा विशेष भोज लगाइने गरिन्छ । शनिबार दुई वटा बोका र एउटा राँगाको बलि दिएर प्रसाद वितरण गरिएको थियो ।
आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोर्याउँछ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ ।
वराहक्षेत्र तपोभूमि हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वराहक्षेत्र देवभूमि, पून्यभूमि, तपोभूमि र ज्ञानभूमि भएको बताउनुभएको छ ।
कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।