मातृशक्तिले गरे विष्णुसहस्रनामको पाठ
एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् ।
आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम
यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
दोलखा भीमेश्वरको सिलामा पसिना
दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।
पनौतीको प्रख्यात मानेश्वरी मन्दिर
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–५ मा अवस्थित रहेको छ, प्रख्यात मानेश्वरी मन्दिर । पनौती बसपार्कदेखि दक्षिण पूर्व र पुण्यवती खोलाको पश्चिममा अवस्थित मानेश्वरी मन्दिर पनौती भित्र रहेको शक्तिपिठहरुमध्ये एक हो ।
भक्तिधाराको लोकसाहित्य खैजेडी भजन
नेपाली साहित्यलाई जसरी शास्त्रीय, परिष्कार, स्वच्छतावादी धाराले सिँगार्ने काम गरेको छ, त्यसरी नै भक्तिधाराले पनि सिँगारेको छ । नेपाली साहित्यमा भक्तिकालको छुट्टै स्थान छ । यस
मैथिली रङ्गमञ्च
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।
दोलखाको भजन संस्कृति
दसैँ मनाउने क्रममा करिब ४० वर्षअघि हामी परिवारै पुख्र्यौली थलो दोलखा सहरतिर लाग्यौँ । पुगेकै रात खाना खाएपछि मैले “म एकछिन डवाकुलुङाको मत्स्येन्द्रनाथ मन्दिरमा गएर आउँछु है”
मावोको ‘डोलीभर्ना’मा लिम्बू संस्कृतिको चित्रण
पूर्वी नेपालको मुन्धुमी संस्कृति संस्कार, जीवन पद्धतिका १५ वटा कथा समेटिएको कथासङ्ग्रह ‘डोलीभर्ना’ शुक्रबार सार्वजनिक गरिएको छ ।
दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए ।
धनुषाको कपिलेश्वरनाथमा सोमबारदेखि साउने मेला
प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु
धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो ।
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।
रोगव्याधिको नाममा राँको फाल्ने
प्राचीन संस्कृति अनुरूप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । असार महिनाभर खेतीपातीले थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तसँग रमाइलो गरी साउने सङ्क्रान्ति मिठोमसिनो तुल्याएर भोज खाने गर्छन् । साउने सङ्क्रान्तिमा ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै आगोको राँको फालेको’ ९० वर्षीय हरिबहादुर खड्का सम्झिनुहुन्छ । यो बिस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएकोप्रति उहाँको चिन्ता छ ।
हरियो चुरा, पोते खरिदका क्रममा ग्राहक
काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक ।
बत्ती बाल्ने महिना सुरु
सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताउनुभयो ।
मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो
आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।
साउने सङक्रान्तिको प्रभाव
साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडपर्वलाई भित्र्याउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ ।
मुस्लिम बस्तीमा मोहर्रम मनाइँदै
मुस्लिम समुदायको नयाँ वर्षसँगै सुरु हुने मोहर्रम पर्व नेपालगन्जमा विभिन्न कार्यव्रmम गरी मनाइँदै छ ।
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
धार्मिक पर्यटनका आधार
नेपालमा धार्मिक पर्यटनको सम्भावना निकै छ । यो देश प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको क्षेत्र मात्रै नभई विविध जाति, भाषा, वेशभूषा र परम्पराको अनुपम सङ्गमस्थल हो ।
साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुने
आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर परिसरनजिकै वनकालीमा आउँदो साउन १ गतेदेखि एक महिनासम्म बृहत् कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
लिच्छविकालीन ढुङ्गेधारा
काठमाडौँको शंखरापुर नगरपालिका– ८ मा अवस्थित बज्रयोगिनी मन्दिरको पछाडि र दरबारको मध्य भागमा कलात्मक शैलीको ढुङ्गेधारा रहेको छ ।
महानगरले पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्त्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।