सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।
सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
राष्ट्र कल्याण तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा गरिएको छ । हिमालयन बौद्ध शिक्षा तथा संभोटा लिपि प्रशिक्षण केन्द्रद्वारा स्वयम्भूमा आयोजित उक्त कार्यक्रममा २१ ताराको पूजा तथा प्रज्ञापारमिता ग्रन्थको पाठ गरिएको हो ।
चण्डेश्वरी र पलाञ्चोक जात्रा सम्पन्न
बनेपा र पाँचखालमा चण्डीपूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । बर्सेनि चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको चण्डेश्वरी र पाँचखालको पलाञ्चोक जात्रा आज सम्पन्न भएका हुन् ।
दाफा खलः
देशको परिस्थिति र आवश्यकताका आधारमा परम्परागत रूपमा सिर्जना हुँदै आएको शास्त्रीय राग, परम्परागत बाजाको ताल र शब्दहरूको संयोजन नै दाफा हो । परम्परागत खिं (मृदङ्ग) बाजा बजाई स्तोत्र (भजन) गीत गाउनुलाई दाफा भजन भ
नारायणगढको शिव मन्दिर
भरतपुर उप महानगरपालिका वडा नं. १ मा अवस्थित शिव मन्दिर। शिवको मन्दिर नारायणगढको नारायणी नदी किनार अर्थात् पुलचोकको पुलको उत्तरतर्फको बाटोको केही दुरीमा दाहिने तर्फ रहेको दुर्गा मन्दिरको नजिकै टाँसिएको छ।
धार्मिक स्थल ढोरवराह
उत्तरगङ्गा नदीको उद्गम स्थल र ढोरवराहको थान एकै ठाउँमा रहेकाले ढोरवराहलाई उत्तरगङ्गा ढोरवराह भन्ने गरिएको हो । यहाँ रहेका सातमुले मूल, वराह मूल र अपुता मूल उत्तरगङ्गा नदीका मुहान हुन् । सुर्तिबाङ पहाडको उत्तरी मोहडाको फेदी
निलगिरि र अन्नपूर्ण हिमाल काग-भुषुण्डीको निवासस्थल
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग-भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।
मनाइयो उँभौली
किराँत समुदायले उँभौली पर्व मनाएका छन् । किराँत धर्मावलम्बी राई, लिम्बूलगायत जातजातिले उँभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । किराँत समुदायले यस दिनलाई ‘सम्रमा’ अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गर्दछन् ।
साकेला नृत्य
किरातीको पर्व उभौली तथा बुद्ध जयन्ती २०८१ को अवसरमा बिहीबार किरात राई यायोख्खाले इलामचोक बजारमा आयोजना गरेको कार्यक्रममा साकेला नृत्य गरिँदै स्थानीय ।
रामग्राम स्तूप गुरुयोजना स्वीकृतिका लागि पहल गर्छौ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले रामग्राम स्तूपको गुरुयोजना स्वीकृतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भूमेस्थानमा विधिपूर्वक पूजा आराधना गरी उभौली मनाइयो
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ । यस समुदायका मानिसले भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाएका छन् ।
बुद्धधर्मको महत्व विश्वभर छ:परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचार-प्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राख्नुभएको छ ।
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’
नेपाल कलापरिषद यति बेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ ।
बुद्ध जयन्तीकै दिन मन्दिरमा हजारौँको बली
शान्ति र अहिंसाको लागि मनाइने बुद्धजयन्तीको दिन लहान–१५ ढेडना राजदेवी मन्दिरमा हजारौँको सङ्ख्यामा बली दिइएको छ ।
सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला
सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चायती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् ।
बुद्ध जयन्ती मनाउन बौद्धमा दर्शनार्थीको भीड (फोटो फिचर)
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
‘बुद्धका उपदेश पालना गरौँ’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
रथको टुप्पोबाट खसालियो नरिवल
मत्स्येन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ । बुधबार लगनखेलको थतिटोलमा रातो मत्स्येन्द्रनाथको नरिवल खसालेर जात्रा मनाइएको छ । रथ लगनखेलको थतिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । नरिवल खसाल्ने दिन अपराह्न, ज्येष्ठ व्यक्ति रातो मत्स्येन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा यःमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ ।
भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
बुद्ध जयन्ती मनाइँदै
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।
अनुसन्धान गर्न पाँच दिन समय थप
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएकामध्ये पाँच जना पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको बताउनुभएको हो ।
जहाँ ढुङ्गा पनि पुजिन्छन्...
मन्दिर वा देवी देवताका थानहरूमा विशेष आकारका ढुङ्गा वा ढुङ्गाबाट कुदिएका मूर्तिहरूको पूजा गर्ने चलन छ । भगवान्, देवी देवता र कुल देवताहरूमा आस्था राख्नेहरूले श्रद्धाभावले ढुङ्गालाई मुर्तिस्वरुप पुज्ने गरेका छन् ।