• २१ असार २०८१, शुक्रबार

बेलायतमा मनाइयो धुमधाम साकेला

blog

लण्डन, असार १८ गते । किरात राई चाम्लिङ खाम्बातिम बेलायतले किरातीहरूको चाड साकेला उँभौली धिरिनाम (ईस्वी संवत् २०२४) यले सम्बत ५०८४ भव्य रूपमा किरात राई हाउस ग्याम्बल लेनमा बृहत सांस्कृतिक समारोहको आयोजना गरी मनाएको छ। 

कार्यक्रममा चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालको अध्यक्षतामा भएको हो । किराया बेलायतका अध्यक्ष रि. मेजर योगेश कोयी राईको प्रमुख आतिथ्यतासँगै पुमा, बान्तवा लगायतका बिभिन्न भाषिक संस्थाहरुको उपस्थिति रहेको थियो । 

वर्षेनी पितृ, प्रकृति र हुईलुङ पूजा गर्दै बिभिन्न प्रकारको सिल्लि टिप्दै बडो गर्बको साथ साकेला नाचिने उक्त कार्यक्रममा सम्पुर्ण वैतुङ दाजुभाइ, दिदिवहिनी, छोरीचेली, जुवाई चेलाहरु लगायत सबै पाछाको पाछागत उपस्थिति रहेको थियो ।

प्राचिन सिलीहरूको जगेर्ना गर्दै मछामा (साय) सिली, पारूहॉङ् (खुट्टे) सिली, नाईमा (हाते) सिली, खासिमा (झींगा) सिली, वापा र वामा (भाले र पोथी) सिली, तावा (मयूर) सिली, कावा (गंगटा) सिली, काछुपा (बॉदर) सिली, बेसारा सिली, सिकी र सिप (तान बुन्ने) सिली, चासुम (अन्नपात) सिलीहरूमा धित मरुन्जेल नाचेर ब्यबहारिक रुपमा नयॉ पुस्तालाई हस्तान्तरण गर्ने प्रयास रहेको कुरा किरात राई चाम्लिङ खाम्बातिम बेलायतका अध्यक्ष चन्द्र जयपालले बताउनुभयो ।