• १४ पुस २०८१, आइतबार

साउने सङक्रान्तिको प्रभाव

blog

साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडपर्वलाई भित्र्याउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ ।

नेपालमा मनाइने कुनै पनि चाडपर्वमा सबै देशवासीको असीम आस्था, परम्परा र अभ्यास रहँदै आएको छ । पञ्चाङ्गमा उल्लेख गरिएका चाडपर्व कुनै जात विशेष, धर्म सम्प्रदाय विशेषको मात्र नभएर सबैको साझा हुँदै आएको छ । नाम जे भनिए पनि कर्म उस्तै, लक्ष्य एउटै हुने गरेको छ । यस्तैमध्ये एक महìवपूर्ण चाड हो ‘साउने सङक्रान्ति’ अर्थात् कर्कट सङक्रान्ति । 

धार्मिक मान्यता र गणितीय हिसाबबाट तिथि, बार, महिना, मसान्त, सङक्रान्ति, औँसी, पूर्णिमालगायत जीवनशैलीमा महìव राख्ने चाडपर्वकै निरन्तरता हो साउने सङक्रान्ति । यसको मानव जीवनमा अनेक महìव छ । चाडपर्व मनाउनमा मात्रै सीमित नरही साउने सङ्व्रmान्तिका दिन गरिने विविध कर्म, मानव स्वास्थ्य र वातावरणीय शुद्धतासँग पनि जोडिएको छ । साउने सङक्रान्तिलाई एउटा उत्सवकै रूपमा मनाइन्छ । परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । साउन महिनाले चाडहरूलाई भिœयाउँछ भने स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात साउने सङक्रान्तिदेखि हुन्छ । हिन्दु धर्म अनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट सङक्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि कर्कट राशि (साउने सङक्रान्ति) र मकर राशि (माघेसङक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । साउने सङक्रान्ति मानो खाएर मुरी फलाउने असारमासको समाप्ति पनि हो । कृषिप्रधान मुलुक नेपालमा किसानले महिनाभरि झरीमा रुझेर हिलोमा खेलेर रोपाइँ समाप्त गर्छन् र आनन्दले चाडपर्व मनाउँछन् । साथै हिलोमा काम गर्दा विभिन्न रोगव्याध पनि लाग्ने सम्भावना भएकाले यो दिन विभिन्न वनस्पति जम्मा गरेर साँझ लुतो फाल्ने चलन छ ।

साउने सङक्रान्तिको दिन असारे बर्सात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । यो दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिरा जस्ता विभिन्न रोगबाट मुक्त भइन्छ भन्ने विश्वास छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी, धसिङ्गरे, गलेनी जस्ता औषधीका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आआफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यसो गर्दा घर वरिपरि भएका रोग प्रसारक कीटाणु नाश हुन्छन् । जे जति सर्दामबाट लुतो फालिन्छ, ती सबै औषधीय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महìवपूर्ण छ । साउने सङ्व्रmान्तिको दिनबाट वर्षायामको अन्त्य भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घन्ट बजाउने, ढिकी कुट्ने र एक छिन घरको ढोका बन्द गर्ने चलन छ । यसो गर्दा घरवरिपरि भएका रोग प्रसारक कीटाणु नाश हुन्छन् । यी आवाजले किटाणु तथा किराफट्याङ्ग्रा भाग्छन् भनेर नै हो । दुई वर्षअघि मुलुकमा भित्रिएका सलह भगाउन शङ्ख फुक्ने र थाल ठटाउने गर्नुको कारण पनि यही हो ।

जे जति सर्दामबाट लुतो फालिन्छ, ती सबै औषधीय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महìवपूर्ण छ । यति मात्र होइन, साउने सङक्रान्ति मनाउनुको अर्को प्रमुख कारण आराम र आनन्द पनि हो । असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । महिलाले साउने सङक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहदी लगाउनुका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महìव छ ।

साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित शृङ्गारका सामान पहिरिनु प्रकृतिसम्मत प्रचलन मानिन्छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भिड लाग्ने गर्दछ । साउन महिनाको सोमबार देशभरकै वातावरण मनोरम हुन्छ । हाम्रा परम्परा कुनै पनि हिसाबले अवैज्ञानिक र अव्यावहारिक छैनन् । जस्तो कि हामी तुलसी घरको मूल ढोेकानेर रोपेर हरेक दिन पूजा गर्छौं, यसको कारण अहिले आएर स्पष्ट भएको हुन्छ कि तुलसी औषधीको पनि राजा हो । त्यस्तै गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनियो । कालान्तरमा गहुँतमा कति गुण रहेछ भन्ने प्रमाणित भएको छ । 

तसर्थ हाम्रा सामाजिक पर्व गुरुपूर्णिमा, मातातीर्थ औँसी, भाइतिहार, माघेसङक्रान्ति, साउने सङक्रान्ति, गङ्गादशहरा, नागपञ्चमीलगायत चाडपर्व आफैँमा अति महत्वपूर्ण छन् । यी सबै जीवन र जगत्को सुरक्षा र स्वचालनका लागि बसाइका नियम हुन् । एक किसिमले भन्नुपर्दा कानुन नै हो । आज यिनै नियमको पालना नगर्दा विश्वमा विपत्ति बढेको छ । प्रकृतिलाई सन्तुलनमा राख्न र मानव समाजलाई निरोगी र सव्रिmय बनाइराख्ने यस्ता विधिविधानलाई दुत्कारेर यान्त्रीकृत बनेको मानवले आज जुन सङ्कट भोग्दै गएको छ यसको कारण यही हो । वैदिक शास्त्रले मानव जीवनलाई सव्रिmय र सफल बनाउन खानपान, रहनसहन, आचारविचार र सांस्कृतिक सबै पक्षलाई समेटेर विधान नै बनाइदिएको थियो र यसलाई पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएकोमा आजभोलि यो प्रथा हटेर आयातित शिक्षाले सांस्कृतिक अतिव्रmमण सुरु भएको छ । अर्थात् पुस्ता दरपुस्ता चल्दै आएको पूर्वीय जीवनशैलीको अभिन्न अङ्ग ध्वस्त भएको छ ।

इसापश्चात् विकसित पाश्चात्य संस्कृतिले यस्ता कैयौँ पक्षलाई रुढीवादी वा अन्धभक्ति र अवैज्ञानिक भनेर लाञ्छित गर्दै मानव अधिकार, प्रजातन्त्र, समानता र विकासका नाममा धार्मिक तथा सांस्कृतिक अतिव्रmमण गरेर यसलाई नष्ट गर्ने प्रयास गरिरहे पनि उनीहरू सफल हुन सकेका छैनन् । यसको विपरीत तिनै देशमा हाम्रा सांस्कतिक पक्षका अभ्यास हुन थालेका छन् । अहिले पनि साउने सङक्रान्तिमा फुरौला पकाउने, लुतो फाल्ने र सूर्य दक्षिणायन भएको प्रकृतिको सम्झना गर्ने तथा माघेसङक्रान्तिमा घिउ चाकु खाने, सूर्य उत्तरायण भएको प्राकृतिक पारिस्थितिकीय परिवर्तन अनुरूपको जीवनशैली व्यवस्थित गर्न उद्यत हुने तथा यस्ता समग्र कुरा पञ्चाङ्ग (पात्रो) मा लिपिबद्ध गरेर वर्ष दिनकै जीवनशैलीको रूपरेखा प्रस्तुत गर्ने कार्य भइरहेको छ । 

वेदमा जे छ, त्यो विज्ञानमा पनि छ भन्ने दृढता पूर्वीय दर्शनका ज्ञाताको छ । वेद नै विज्ञान हो भन्ने उनीहरूको मत छ । मानव समाजलाई मात्र होइन, समग्र सृष्टि संरचनालाई व्यवस्थित राख्ने सूत्रहरू शास्त्रले लिपिबद्ध गरेको र यिनै शास्त्र पढेर पश्चिमाहरू अत्यधिक प्रभावित भएर वैदिक धर्म, संस्कृति अङ्गीकार गरेका घटना प्रशस्तै छन् । कुनै पनि चाडपर्व यहाँका विविध जातजाति, धर्म, क्षेत्रका नागरिकले आआफ्नै किसिमले एकै दिन मनाउने गर्छन् । यसको एउटै कारण सृष्टि र सभ्यताको जगेर्ना नै हो । बहुभाषिक, बहुधार्मिक, नेपाली समाजमा एउटै चाडपर्व सबै जातजातिले आआफ्नो परम्परा अनुसार मनाउने गर्छन् । यसको एउटै कारण समाजको हित मात्र हो । समाजको हितका लागि गरिने यस्ता व्रिmयाकलाप हाम्रो साझा सरोकारको विषय हो ।

Author

गीता श्रेष्ठ