• १२ साउन २०८१, शनिबार

नेपालका तीर्थस्थलको दर्शन गर्न आग्रह

blog

तस्बिर:रासस

काठमाडौँ, जेठ ३२ गते । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरुको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गर्नुभएको छ । भारतीय वर्किङ जर्नालिस्ट युनियनले आयोजना गरेको सेमिनारमा उहाँले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरुको दर्शन गर्न आह्वान गर्नुभयो ।

“हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला  छन् । मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ”, प्रवक्ता महतले भन्नुभयो, “हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरुको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।”  उहाँले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिकसचेत हुनुपर्नेमा जोड दिनुभयो । रासस