• २० वैशाख २०८१, बिहिबार

पाटनमा गरियो सम्पदा यात्रा (फोटो फिचर)

blog

विश्व सम्पदा दिवसको अवसरमा 'हेरिटेज वाक' का क्रमाम डोरी बोकिदै । तस्बिर: केशब गुरुङ

ललितपुर, वैशाख ६ गते। ललितपुरको पाटनढोकादेखि दरबार स्क्वायर क्षेत्रसम्म सम्पदा यात्रा (हेरिटेज वाक) गरिएको छ।

ललितपुर चेम्बर अफ कमर्स तथा नेपाल हेरिटेज सोसाइटीको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा हेरिटेज वाक गरिएको हो। 

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन,कर्मचारी, सुरक्षा अधिकारी लगायतले यात्रा गर्नुभएको हो। हेरिटेज वाकमा १३ सय ३६ मिटरको डोरी बोकेर पाटन ढोकाबाट सुरू भएको उक्त यात्रा दरबार स्क्वायर क्षेत्रमा पुगेर सकिएको थियो। 

उक्त डोरी विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार क्षेत्रमा प्रस्तुत गरेका हुन्। 

काठमाडौ समुन्द्री सतहभन्दा १३ सय ३६ मिटरको उचाइमा रहेको हुँदा कलाकारले डोरीलाई त्यसअनुसार बनाएका हुन्। 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।