• २५ वैशाख २०८१, मङ्गलबार

मनाइयो तेमाल जात्रा (फोटो फिचर)

blog

प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख १० गते । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा सोमबार मनाइएको छ । तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो, तिमालजात्रा । तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन् ।

प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायलेमनाउने गरेकाले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ । 

यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगि पूजा गर्ने पनि चलन छ । उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन् ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।