• १४ जेठ २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

blog

राष्ट्रपति रामचन्द्र पौडेल टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौं, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित  सपनतीर्थमा पूजाअर्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो ।

शनिबार सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ ।

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नख: (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । रासस